नारदप्रसाद आचार्य
अमेरिका
पौष १०
हिन्दुधर्म तथा साँस्कृतिक संघगठनको आयोजनामा संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत ह्यारिसवर्ग शहरमा धनुर्मास श्रीव्रतम् तिरूप्पावै अनुष्ठान कार्यक्रम चलिरेको छ। डिसेम्बर १६ का दिन पुर्वाङ्ग गरेर जनवारी १४ को दिन पुर्णाहुती हुने सो उपासना प्रति दिन हुने धनुर्मास श्रीव्रतम् दिब्यप्रबन्ध कथासार महोत्सव दैनिक प्रातः ९ः०० बजेबाट नियामित श्रीगोदाम्बजी सहित श्रीशालग्राम भगवानको सेवा आराधान अर्चना बन्धना दिब्यस्तोत्ररत्नादिको पाठ पारायण अमृतमय कथा प्रवचन सुमधुर भजन संकिर्तन महाआरती पुष्पाञ्जलि तथा तिर्थ प्रसाद वितरण हुने गर्दछ भने मध्याह्नमा दिवा प्रसादीको पनि व्यवस्था रहेको छ ।
अनन्त विभूषित स्वामी श्रीचक्रपाणीजीले २०१८ बाट यो दिव्य अनुष्ठानको अमेरिकामा प्रारम्भ गर्नु भएको हो।
श्रीलक्ष्मीनारायण हरिहर धामाका श्रीमठाधीश श्रीस्वामीजी बाट प्रत्येक दिन एउटा गाथा सरल र सरस भाषामा अथाह कथासागरमा गोता लगाउनु हुन्छ।
सपनाको देशमा उक्त महोत्सवमा प्रतिदिन २०० भन्दा बडी भक्तभागवतले लाभ उठाउने गरेका छन॥ धार्मिक पोषाकमा सजिएका श्रद्धालु भक्तहरूले भरिभराउ कार्यक्रम स्थाल मथुरा र वृन्दावन भन्दा कम मनमोहन छैन॥
अतः कथा/दिनको उत्तरार्धमा प्रतिदिन श्रवण गराएको कथाबाट ५ वटा प्रश्न सोधिन्छ र कार्यक्रमको पुर्णाहुतीको दिन प्रथम द्वितीय तृतीय र
सान्त्वना दुई जानालाई धार्मिक पुरस्कार द्वारा पुरस्कृत गर्ने कार्यलाई आयोजकले घोषणा गरेकोछ ।