४ असार, काठमाडौं । ललितपुरमा जारी वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तिम चरणमा पुगेको छ । हिजो असार ३ गते बुधवार रथलाई तानेर जावलाखेलको निर्धारित मण्डपमा पुर्याईएपछि यो वर्षको रथयात्रा समापननजिक पुगेको हो । परम्पराअनुसार रथ जावलाखेल पुगेको चौथो दिनमा भोटोजात्रा मनाउने चलन रहेको छ । जसअनुसार असार ६ गते शनिवार भोटोजात्रा मनाईने भएको छ । भोटोजात्रापनि रथयात्रा सम्पन्न हुन्छ र मूर्तिलाई खटमा राखी बुंगमति पुर्याईन्छ । बुंग द्यः करुणामयको पश्चिम यात्राको रुपमा लिईने रयथयात्राका लागि कीर्तिपुर र चन्द्रागिरीका मेयर कृष्णमान डंगोल र घनश्याम गिरीसहित सातगाउॅका बासिन्दा बाजागाजा लिई जावलाखेल पुगेका थिए ।