बिहिबार, कार्तिक १३, २०८३ | October 29, 2026

रेनोल्ड्सबर्गमा सरिता लामिछाने र बाबु बोगटीको प्रस्तुतिसहित ‘हाम्रो देउसी भैलो २०२६’ हुँदै

रेनोल्ड्सबर्गमा सरिता लामिछाने र बाबु बोगटीको प्रस्तुतिसहित ‘हाम्रो देउसी भैलो २०२६’ हुँदै

  • Naveen Sanchar

  • बुधबार, कार्तिक १२, २०८३

  • 5
    Views
रेनोल्ड्सबर्गमा सरिता लामिछाने र बाबु बोगटीको प्रस्तुतिसहित ‘हाम्रो देउसी भैलो २०२६’ हुँदै

प्रवेश निःशुल्क, एभरेष्ट कला केन्द्रको आयोजनामा अक्टोबर ३१ मा सांस्कृतिक कार्यक्रम

सहयात्री ढकाल
रेनोल्ड्सबर्ग, ओहायो।

अमेरिकाको ओहायोस्थित रेनोल्ड्सबर्गमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘हाम्रो देउसी भैलो २०२६’ आयोजना हुने भएको छ। एभरेष्ट कला केन्द्र (ईकेके) को प्रस्तुतिमा आगामी अक्टोबर ३१, शनिबार सांस्कृतिक तथा सांगीतिक कार्यक्रम हुन लागेको हो।

‘नेपाली कला र संस्कृतिको उत्थान हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रम रेनोल्ड्सबर्गस्थित वेलकम इभेन्ट सेन्टरमा साँझ ५ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन कुनै प्रवेश शुल्क लाग्ने छैन।

कार्यक्रममा नेपालकी चर्चित अभिनेत्री सरिता लामिछाने तथा गायक एवं अभिनेता बाबु बोगटीको विशेष उपस्थिति र सांगीतिक प्रस्तुति रहनेछ। उनीहरूको सहभागिताले ओहायो तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई तिहारको सांस्कृतिक उत्सवमा थप उत्साहित बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा परम्परागत देउसीभैलोका साथै एभरेष्ट कला केन्द्रका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्नेछन्। नेपाली चाडपर्व, लोकसंस्कृति र परम्परालाई प्रवासमा समेत जीवन्त राख्दै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई थप आकर्षक बनाउन उपहारसहितको लक्की ड्रको व्यवस्थासमेत गरिएको छ। सुबाश ज्वेलर्सको प्रायोजनमा राखिएको पहिलो उपहारको लक्की ड्र एभरेष्ट कला केन्द्रका विद्यार्थीका अभिभावकहरूका लागि मात्र लागू हुनेछ। यस्तै, युनिक गहना घरको प्रायोजनमा राखिएका दोस्रो र तेस्रो उपहारका लागि भने कार्यक्रममा उपस्थित सबै सहभागी योग्य हुनेछन्।

कार्यक्रमलाई सुबाश ज्वेलर्स, युनिक गहना घर, नमस्ते नीरु फेसन र गुरुङ मार्टलगायत स्थानीय व्यवसायले सहयोग तथा प्रायोजन गरेका छन्।

एभरेष्ट कला केन्द्रले रेनोल्ड्सबर्ग तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई तिहारको खुसी साटासाट गर्न, नेपाली कला तथा संस्कृतिको प्रवर्द्धनमा योगदान दिन र नयाँ पुस्तालाई आफ्नो परम्परासँग परिचित गराउन आग्रह गरेको छ।

कार्यक्रम विवरण

  • मिति: अक्टोबर ३१, २०२६, शनिबार

  • समय: साँझ ५ बजेदेखि राति ८ बजेसम्म

  • स्थान: वेलकम इभेन्ट सेन्टर, 6958 Americana Pkwy, Unit A, Reynoldsburg, OH 43068

  • प्रवेश: निःशुल्क

  • सम्पर्क: (380) 269-9495


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha