बुधबार, असार २४, २०८३ | July 8, 2026

कीर्तिपुरको अभौतिक सम्पदा सूचिकरण पहल अन्तिम चरणमा

कीर्तिपुरको अभौतिक सम्पदा सूचिकरण पहल अन्तिम चरणमा

  • Naveen Sanchar

  • बुधबार, असार २४, २०८३

  • 46
    Views
कीर्तिपुरको अभौतिक सम्पदा सूचिकरण पहल अन्तिम चरणमा

२४ असार, काठमाडौं । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरि उड्डयन मन्त्रालयको संस्कृति महाशाखामार्फत् कीर्तिपुरको अभौतिक सम्पदा सूचिकरणको पहलकदमि अन्तिम चरणमा पुगेको बताईएको छ ।
कीर्तिपुर नगरपालिकाले अभौतिक सम्पदा अध्ययन र विश्लेषणका लागि ७ सदस्यिय विज्ञहरुको टोली गठन गरि कार्य अघि बडाईएकोमा चालु आव ०८२–०८३ का लागि ५ वटा अभौतिक सम्पदाहरु सूचिकरणका लागि सिफारिस गर्ने तयारीअनुरुप विज्ञ टोली तयारीमा जुटेको बताईएको छ । नगर प्रमुखको सचिवालयबाट प्राप्त जानकारीअनुसार विज्ञ टोलीले चरणबद्धरुपमा छलफल, अध्ययन, विश्लेषण गरि तयार गरेका अभौतिक सम्पदाहरुको बारेमा नगर प्रमुख कृष्णमान डंगोलको उपस्थितिमा असार २३ गते मंगलवार प्रस्तुत गरिएको थियो । प्रारम्भिक सूचिमा बाघभैरव नाच (गथु प्याखॅ), गथांम्वः चह्रे पुजा विधि परम्परा (ग्वाःपुखू), हाते तान कपडा बुनाई विधि, परिकारमा सातगाउॅले जात्राको तःखाः (थल्थले) र दाफा संगीत रहेको बुझिएको छ । विज्ञ टोलीमा प्रयागमान प्रधान, रामकृष्ण दुवाल, डा. वज्रमुनी वज्राचार्य, कर्ण महर्जन, भरत महर्जन, सरोज शाक्य रहेको र आमन्त्रित सदस्यमा आकर्षण प्रधान, कमलेश महर्जन, विरेन्द्र शाक्य तथा संयोजकमा संस्कृति, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं १० वडा अध्यक्ष नरेश महर्जन संयोजक र पर्यटन सूचना केन्द्रका अधिकृत गंगाराम महर्जन सदस्य सचिव रहेको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha