आइतवार, जेष्ठ ३१, २०८३ | June 14, 2026

मच्छिन्द्रनाथका पानेजु मणिक फूलप्रसाद लिई पुगे कीर्तिपुर

मच्छिन्द्रनाथका पानेजु मणिक फूलप्रसाद लिई पुगे कीर्तिपुर

  • Naveen Sanchar

  • आइतवार, जेष्ठ ३१, २०८३

  • 59
    Views
मच्छिन्द्रनाथका पानेजु मणिक फूलप्रसाद लिई पुगे कीर्तिपुर

३१ जेठ, काठमाडौं । रथयात्राको क्रममा हाल ललितपुरको थति टोल चोकमा रहेको रातो मच्छिन्द्रनाथका पानेजु मणिक शाक्य बिहानै फूलप्रसाद लिई कीर्तिपुर पुगेका छन् । पश्चिम रथयात्राको साईत असार ३ गते जुरेपछि ४ दिनअघि आज जेठ ३१ गते आईतवार बिहान जल पानेजु शाक्य थति टोल चोकबाट नांगो खुट्टा पैदल कीर्तिपुरको प्यंगःथां चोक पुगेर याकः मिसा लक्ष्मी कुमारीलाई मच्छिन्द्रनाथको फूलप्रसाद चढाएका हुन् । पानेजु शाक्यलाई कीर्तिपुरमा बाजागाजासहित भव्यताका साथ मेयर कृष्णमान डंगोलले स्वागत गरे । जनश्रुतीअनुसार अब असार ३ गते मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्‍याई यो वर्षको रथयात्रा सम्पन्न गरिने भएको छ । रथ जावलाखेलको मण्डपमा पुगेको चौथो दिनमा भोटोजात्रा गरि रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुंगमतीमा विराजमान गराईन्छ । तस्विरः नरेश/दि नेवार्स


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha