मङ्लबार, साउन ५, २०८३ | July 21, 2026

भाद्र १ गते बाघभैरव जात्राको दिन कीर्तिपुरमा सार्वजनिक विदा दिन माग

भाद्र १ गते बाघभैरव जात्राको दिन कीर्तिपुरमा सार्वजनिक विदा दिन माग

  • Naveen Sanchar

  • सोमवार, साउन ४, २०८३

  • 98
    Views
भाद्र १ गते बाघभैरव जात्राको दिन कीर्तिपुरमा सार्वजनिक विदा दिन माग

४ साउन, काठमाडौं । प्रत्येक वर्ष भाद्र १ गते संक्रन्तिका दिन कीर्तिपुरमा बाघभैरवको जात्रा गरिंदै आएको छ । समस्त कीर्तिपुरबासीले आराध्यदेवको रुपमा पुजिंदै आएको बाघभैरव जात्राको दिन कीर्तिपुरमा सार्वजनिक विदा दिन माग गरिएको छ ।
बाघभैरव मन्दिर गुठी व्यवस्थापन समितिको तर्फबाट साउन १ गते कीर्तिपुर नगरपालिकामा जात्रा हुने दिन भाद्र १ गते सार्वजनिक विदा जनाईदिन समितिको निर्णयसहित नगर प्रमुखलाई माग पत्र हस्तान्तरण गरिएको जनाएको छ । समितिले गत वर्ष पनि सोहि विषयमा नगरपालिका कार्यालयमा अनुरोध गरिएको अध्यक्ष दुरुगोविन्द महर्जनद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । हरेक वर्ष भाद्र १ गते बाघभैरवको मूर्ति खटजात्रा गरि कीर्तिपुर परिक्रमा गराईंदै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha