शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

गजल : भरोसा दिलाउन

गजल : भरोसा दिलाउन

  • Naveen Sanchar

  • सोमवार, अशोज ६, २०८२

  • 156
    Views
गजल : भरोसा दिलाउन
May be an image of 1 person, smiling and hat
दिलको अँध्यारोमा उज्यालो भरोसा दिलाउन,
थाकेका पाइलामा नयाँ बल भरोसा दिलाउन।
आँधीले ढाल्छ भनी मन भित्र डराउँदा तिमीलाई,
छातीको साहसले अटल पल भरोसा दिलाउन।
टुटेका सपना जुड्छन् विश्वासको धागोले,
घायल मनको घाउमा मलम जल भरोसा दिलाउन।
आफ्नै छायाँ हराए जीवनको दु:खद घडीमा,
सधैँ साथ छु भन्ने अमर छल भरोसा दिलाउन।
हारेको आत्मालाई जितको स्वाद चखाउन,
प्रेमको भाषा र अटल मन भरोसा दिलाउन।
-अलि महम्मद मिया
गोर्खा
(हाल इजरायल )


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha