आइतवार, कार्तिक १६, २०८३ | November 1, 2026

निरुतालाई मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधि दिइने

निरुतालाई मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधि दिइने

  • Naveen Sanchar

  • आइतवार, कार्तिक १६, २०८३

  • 5
    Views
निरुतालाई मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधि दिइने

नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेतृ निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधिबाट सम्मानित गरिने भएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार हुने ह्विस्पर मिसेस नेपाल वर्ल्ड–२०२६ को भव्य समारोहमा सिंहलाई उक्त उपाधि प्रदान गर्ने छ ।

नेपाली फिल्म क्षेत्रमा अभिनय कर्ममार्फत साढे तीन दशकभन्दा लामो समयदेखि उहाँले पुर्‍याउनुभएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको उच्च कदर गर्दै मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधिबाट सम्मान गर्न लागिएको आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी गराउनुभयो । यसअघि अभिनेतृहरू करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई मानार्थ मिसेस नेपाल वर्ल्डबाट सम्मानित गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha