सोमवार, कार्तिक १७, २०८३ | November 2, 2026

सालकको पहिचान गर्न पहिलोपटक बाँकेमा वैज्ञानिक अध्ययन सुरु

सालकको पहिचान गर्न पहिलोपटक बाँकेमा वैज्ञानिक अध्ययन सुरु

  • Naveen Sanchar

  • सोमवार, कार्तिक १७, २०८३

  • 1
    Views
सालकको पहिचान गर्न पहिलोपटक बाँकेमा वैज्ञानिक अध्ययन सुरु
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

नेपालगन्ज, कात्तिक १६ गते । दुर्लभ तथा संकटापन्न वन्यजन्तु मानिने सालकको अवस्था, उपस्थिति र बासस्थान पहिचान गर्न पहिलोपटक बाँके जिल्लामा वैज्ञानिक अध्ययन सुरु गरिएको छ ।

सालकको वास्तविक अवस्था पत्ता लगाई संरक्षणका प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले ग्रीन अस्कार अवार्डको सहयोगमा अध्ययन सुरु गरेको हो ।

अनुसन्धानका क्रममा सालकको सम्भावित बासस्थान रहेका वन क्षेत्रमा क्यामेरा ट्रयाप जडान गरी यसको आवतजावत, उपस्थिति र गतिविधि अभिलेख गर्ने काम भइरहेको सालक विज्ञ डा. तुल्सी लक्ष्मी सुदालले बताउनुभयो ।

उहाँका अनुसार अनुसन्धान टोलीले बाँके राष्ट्रिय निकुञ्ज आसपासका वन क्षेत्र तथा डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्रभित्र पर्ने सम्भावित बासस्थानमा अध्ययन गरिरहेको छ । क्यामेरा ट्रयापबाट प्राप्त तस्बिर र तथ्यांकको विश्लेषण गरी सालकको उपस्थिति, गतिविधि र बासस्थानको अवस्थाबारे जानकारी लिइने छ ।

अनुसन्धान कार्य गरिरहेको साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका अनुसार नेपालमा सालकसम्बन्धी अध्ययन तथा अनुसन्धान सन् २००९ देखि सुरु भएको हो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha