सोमवार, कार्तिक १७, २०८३ | November 2, 2026

अमेरिकी मध्यावधि चुनावः डेमोक्रेटिक उम्मेदवारको अग्रता

अमेरिकी मध्यावधि चुनावः डेमोक्रेटिक उम्मेदवारको अग्रता

  • Naveen Sanchar

  • सोमवार, कार्तिक १७, २०८३

  • 2
    Views
अमेरिकी मध्यावधि चुनावः डेमोक्रेटिक उम्मेदवारको अग्रता

वासिङ्टन, कात्तिक १६ गते । अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन् । न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको छ ।

टेक्सासमा जेम्स तालारिकोले रिपब्लिकन केन प्याक्सटनलाई ५०–४३ प्रतिशत, कन्सासमा क्रिस ह्यामिल्टनले रोजर मार्सललाई ४९–४४ प्रतिशत र मेनमा ग्राहम प्लाटनरले सुसान कोलिन्सलाई ५१–४५ प्रतिशतले पछाडि पार्नुभएको छ ।

ओहायोमा सेरोड ब्राउन र अलास्कामा मेरी पेल्टोला पनि आफ्ना रिपब्लिकन प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । आयोवामा डेमोक्रेट जोश टुरेकले ४८ र रिपब्लिकन एस्ले हिन्सनले ४७ प्रतिशत समर्थन पाउनुभएको छ । मिशिगनमा डेमोक्रेटिक उम्मेदवार अब्दुल एल–सायेद ५३ प्रतिशतसहित अगाडि हुनुहुन्छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको असन्तुष्टि र बढ्दो जीवनयापन खर्च चुनावका प्रमुख मुद्दा बनेका छन् । सर्वेक्षण गरिएका सात राज्यमा ट्रम्पको कार्यसम्पादनलाई ३८ प्रतिशतले मात्र समर्थन गरेका छन् । जीवनयापन खर्चको मुद्दामा डेमोक्रेटहरूले रिपब्लिकनमाथि नौ प्रतिशत अङ्कको अग्रता लिएका छन् ।

सिनेटमा बहुमत हासिल गर्न डेमोक्रेटहरूले रिपब्लिकनका कम्तीमा चार सिट जित्नुपर्नेछ । नोभेम्बर ३ मा हुने चुनावमा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ । सर्वेक्षणले डेमोक्रेटहरूलाई सिनेटको नियन्त्रण प्राप्त गर्ने सम्भावना देखाए पनि अन्तिम नतिजा मतदाताको निर्णयमा निर्भर रहनेछ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha