आइतवार, कार्तिक १६, २०८३ | November 1, 2026

‘सीमान्तबाट आन्दोलनसम्म’ पुस्तक लोकार्पण

‘सीमान्तबाट आन्दोलनसम्म’ पुस्तक लोकार्पण

  • Naveen Sanchar

  • आइतवार, कार्तिक १६, २०८३

  • 2
    Views
‘सीमान्तबाट आन्दोलनसम्म’ पुस्तक लोकार्पण

काठमाडौँ, कात्तिक १३ गते । महिलावाद र महिला लागुऔषध प्रयोगकर्ताका बारेमा लेखिएको पुस्तक ‘सीमान्तबाट आन्दोलनसम्म’ लोकार्पण गरिएको छ ।

दृष्टि नेपालद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य  शोभा खनाल, नेपाल परिवार नियोजन सङ्घका निर्देशक प्रविन शाक्य, लेखकद्वय दृष्टि नेपालका संस्थापक परिना लिम्बू र ज्ञानबोध रिसर्च एन्ड डेभलपमेन्ट सर्भिसेजका संस्थापक सुमिरा श्रेष्ठलगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।

प्रतिनिधि सभा सदस्य खनालले महिला, बालबालिकासम्बन्धी विधेयक दफावार छलफलमा पुगेको र लागुऔषध प्रयोगकर्ता महिलाका विषयमा पनि जोडदार आवाज उठाइने प्रतिबद्धता जनाउनुभयो । उहाँले लागुऔषधको दलदलमा पर्न बाध्य महिलाका साहित्यिक, सांस्कृतिक र विविध क्षमता उजागर गर्न सहयोग गरिने बताउनुभयो । उहाँले यस समस्याबाट उनीहरूलाई बाहिर निकाली आत्मसम्मानपूर्वक बाँच्ने वातावरण तयार गर्न राज्यले पनि चासो देखाएर सहयोग गर्नुपर्नेमा जोड पनि दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha