सोमवार, कार्तिक १७, २०८३ | November 2, 2026

सयपत्री फूल उत्पादक किसान उत्साहित

सयपत्री फूल उत्पादक किसान उत्साहित

  • Naveen Sanchar

  • सोमवार, कार्तिक १७, २०८३

  • 1
    Views
सयपत्री फूल उत्पादक किसान उत्साहित

हेटौँडा, कात्तिक १६ गते । तिहार नजिकिँदै गर्दा मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन् । सरकारले भारतलगायत छिमेकी मुलुकबाट सयपत्री र मखमली फूल आयात तथा प्लास्टिकका फूलको बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि स्वदेशी उत्पादनले बजार पाउने अपेक्षासहित किसान उत्साहित भएका हुन् ।

तिहारमा बढी प्रयोग हुने सयपत्री फूल पछिल्लो समय विभिन्न कार्यक्रम, मेला तथा महोत्सवमा समेत प्रयोग हुन थालेपछि यसको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढेको छ । मकवानपुरमा करिब २० बिघा क्षेत्रफलमा व्यवस्थित रूपमा व्यावसायिक फूल खेती हुँदै आएको छ । जिल्लाको मनहरी, बकैया, बागमती, राक्सिराङ, भीमफेदी, मकवानपुरगढी, इन्द्रसरोवर, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा सयपत्री फूल खेती भइरहेको छ ।

नेपाल सयपत्री फूल उत्पादक केन्द्रीय सङ्घका अध्यक्ष बालकृष्ण चौलागाईंका अनुसार नेपाल पछिल्लो समय फूल उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । उहाँका अनुसार दस वर्षअघि नेपालमा आवश्यक फूलको १० प्रतिशत पनि उत्पादन हुँदैनथ्यो । अहिले भने देशको मागअनुसार फूल उत्पादन गर्न सक्ने अवस्था बनेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha