सोमवार, कार्तिक १७, २०८३ | November 2, 2026

निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह

निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह

  • Naveen Sanchar

  • सोमवार, कार्तिक १७, २०८३

  • 1
    Views
निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह

वासिङ्टन,  कात्तिक १६ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गर्नुभएको एक प्रतिवेदनले जनाएको छ ।

समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीबारे टेलिफोनमा छलफल भएको थियो । ट्रम्पले भने आइतबार फोन वार्ता ‘धेरै राम्रो’ भएको बताउनुभयो ।

नेतान्याहु सैन्य कारबाहीका पक्षमा रहनुभएको र ट्रम्प तत्काल वार्ता जारी राख्न चाहनुभएको प्रतिवेदनमा उल्लेख छ । ट्रम्पले कूटनीतिक प्रयाससँगै सैन्य विकल्प पनि खुला राख्नुभएको जनाइएको छ ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाउनुभएको छ । कतारी मध्यस्थकर्ताले पनि लगातार तेस्रो दिन इरानी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha