सोमवार, कार्तिक १७, २०८३ | November 2, 2026

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १६ जना विजेता घोषणा

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १६ जना विजेता घोषणा

  • Naveen Sanchar

  • सोमवार, कार्तिक १७, २०८३

  • 3
    Views
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १६ जना विजेता घोषणा
Oplus_131072

काठमाडौँ, कात्तिक १६ गते । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ जना विजेता घोषणा गरेको छ ।

विभागले आज आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना अन्य विजेताको नाम सार्वजनिक गरेको हो । विभागका अनुसार बम्पर उपहारअन्तर्गत १० लाख रुपियाँ प्राप्त गर्ने विजेताका रूपमा कुपन नम्बर ०९८०४६५५८१७५ छनोट भएको छ ।

त्यसैगरी, अन्य १५ जना विजेताले जनही एक लाख ३३ हजार ३३४ रुपियाँ प्राप्त गर्ने विभागले जनाएको छ ।

कार्यक्रममा क्रिकेटर दिलीप नाथ, लोकेश बम र ललित राजवंशीले संयुक्त रूपमा पुरस्कार विजेताको नाम घोषणा गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha