शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

दशैँमा टीका लगाउँदा उच्चारण गर्ने मन्त्र

दशैँमा टीका लगाउँदा उच्चारण गर्ने मन्त्र

  • Naveen Sanchar

  • आइतवार, कार्तिक ५, २०८०

  • 198
    Views
दशैँमा टीका लगाउँदा उच्चारण गर्ने मन्त्र

विजयादशमीमा टीका लगाइदिँदा पुरुष र महिलालाई छुट्टाछुट्टै मन्त्र उच्चारण गरी आशीर्वाद दिइन्छ ।
पुरुषका निम्ति मन्त्र
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

(अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् ।)

महिलाका निम्ति मन्त्र
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha