बुधबार, भदौ १०, २०८३ | August 26, 2026

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा शर्मा पुनः शर्मा

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा शर्मा पुनः शर्मा

  • Naveen Sanchar

  • बुधबार, भदौ १०, २०८३

  • 2
    Views
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा  शर्मा पुनः शर्मा

नवीनसञ्चार समाचारदाता । काठमाडौं, २०८३ भदौ १० गते । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ३१औँ वार्षिक साधारणसभाले संस्थाको अध्यक्ष पदमा मदनकृष्ण शर्मालाई पुनः निर्वाचित गरेको छ । वरिष्ठ चार्टर्ड एकाउण्डेन्ट शर्मा सो संस्थाको अध्यक्ष पदमा एक कार्यकाल सफलतापूर्वक सम्पन्न गरी दोश्रो कार्यकालको लागि पुनः निर्वाचित हुनुभएको हो। उहाँ विगत १३ वर्षदेखि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग निरन्तर आबद्ध रहँदै आउनुभएको छ। उहाँले यसअघि संस्थामा पूर्व महासचिवको रूपमा समेत संलग्न भईसक्नुभएको छ।

त्यसैगरी, कार्यसमिति सदस्य पदमा राष्ट्रिय व्यावसायिक पहल प्रतिनिधि सुरेन्द्रवीर मालाकार, सरोजप्रसाद पाण्डे, शरदचन्द्र न्यौपाने, सुष्मा कर्ण, चन्द्रकिरण श्रेष्ठ जोशी, दीपकराज जोशी, सुरेश प्रधान र डा. प्रकाशचन्द्र भट्टराई निर्वाचित हुनुभएको छ।

निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरूलाई पदको शपथ ग्रहण गराउनुभएको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । प्रस्तुत प्रगति प्रतिवेदनअनुसार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सुशासन, सदाचार, पारदर्शिता तथा जवाफदेहिता प्रवर्द्धनका लागि जनचेतनामूलक, अनुसन्धानात्मक, नीतिगत तथा संस्थागत कार्यहरू सम्पन्न गरेको छ। वित्तीय प्रतिवेदनमा संस्थाको आय–व्ययको विवरण प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि प्रस्तावित कार्यक्रमहरू तथा आवश्यक बजेटसमेत समावेश गरिएको छ ।

साधारणसभामा सहभागी सदस्यले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संस्थाले आफ्ना अभियान, कार्यक्रम तथा वकालतजन्य गतिविधिहरूलाई अझ प्रभावकारी, परिणाममुखी र व्यापक बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha