आइतवार, अशोज ११, २०८३ | September 27, 2026

भोटेकोशी बाढीपीडितका लागि झापाली समाज साउदी अरबको १ लाख ७७ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि झापाली समाज साउदी अरबको १ लाख ७७ हजार सहयोग

  • देबी बहादुर सुतारकार्की मध्यपुर्व संयोजक

  • शनिबार, भदौ २०, २०८३

  • 266
    Views
भोटेकोशी बाढीपीडितका लागि झापाली समाज साउदी अरबको १ लाख ७७ हजार सहयोग

साउदी अरब । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले झापाली समाज साउदी अरबले रु. १ लाख ७७ हजार ११० सहयोग गरेको छ।

झापाली समाज साउदी अरब कार्यसमितिका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको स्वस्फूर्त सहभागिताबाट संकलित उक्त रकम अन्तर्राष्ट्रिय झापाली समाजमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ।

समाजका संरक्षक, सल्लाहकार, अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आफ्नो इच्छाअनुसार सहयोग गरेका थिए। अभियानबाट कुल रु. १ लाख ७७ हजार १३० संकलन भएकोमा रु. २० ट्रान्सफर शुल्क कटाएर रु. १ लाख ७७ हजार ११० प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

समाजले विपत्तिको समयमा मातृभूमिका बाढीपीडितहरूको पीडामा साथ दिन स्वस्फूर्त रूपमा सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

विदेशमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारी, मानवीय संवेदना तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै गरिएको यस सहयोगले झापाली एकता र सहकार्यको भावनालाई थप मजबुत बनाउने समाजको विश्वास छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha