सोमवार, अशोज ५, २०८३ | September 21, 2026

कीर्तिपुरमा नेपाली कॉग्रेसको वडा अधिवेशन सम्पन्न, ९ नयॉ अनुहार

कीर्तिपुरमा नेपाली कॉग्रेसको वडा अधिवेशन सम्पन्न, ९ नयॉ अनुहार

  • Naveen Sanchar

  • सोमवार, अशोज ५, २०८३

  • 31
    Views
कीर्तिपुरमा नेपाली कॉग्रेसको वडा अधिवेशन सम्पन्न, ९ नयॉ अनुहार

५ असोज, काठमाडौं । नेपाली कॉग्रेसको जारी १५ औं महाधिवेशनअन्तर्गत राजधानीको काठमाडौं कीर्तिपुर नगरपालिकामा वडा अधिवेशन सम्पन्न भएको छ । असोध ३ र ४ गते गरि दुई दिन भएको अधिवेशनमा पहिलो दिन वडा १, ४, ५, ६, ७, र ९ वडाको अधिवेशन ४ मा बाहेक सर्वसहमतिमै सम्पन्न भएको जनाएको छ । दोस्रो दिन असोज ४ गते वडा २, ३, ८ र १० गरि बॉकी ४ वटा वडाको अधिवेशन सम्पन्न भएको हो । कीर्तिपुरका १० वटा वडाहरुमा निर्वाचित इकाई सभापतिहरुमा ६ वडाका रामेश्वर महर्जनमात्रै दोहोरिएका छन् । अरु ९ वटा वडाहरुमा नऑ अनुहार आएको जनाएको छ । निर्वाचित वडा इकाई सभापतिहरुमा १ मा सिकन्दर महर्जन, २ मा जेम्स महर्जन, ३ मा अनिल श्रेष्ठ, ४ मा त्रिविन बस्न्यात, ५ मा अशोक श्रेष्ठ, ७ मा रविन्द्र केसि, ८ मा सहदेव महर्जन र १० मा अमरकाजी श्रेष्ठ रहेको जनाईएको छ । महाधिवेशन तालिकाअनुसार नगर अधिवेशन ७ गते हु‘दैछ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha