सोमवार, साउन २५, २०८३ | August 10, 2026

मंगलवार र शनिवारमात्र लाखे नचाउन कीर्तिपुर १ वडाको अनुरोध

मंगलवार र शनिवारमात्र लाखे नचाउन कीर्तिपुर १ वडाको अनुरोध

  • Naveen Sanchar

  • सोमवार, साउन २५, २०८३

  • 41
    Views
मंगलवार र शनिवारमात्र लाखे नचाउन कीर्तिपुर १ वडाको अनुरोध

२५ साउन, काठमाडौं । उपत्यकाका नेवार समुदायमा जात्रापर्व, चाडसंगै लाखे नाच नचाउने चलन पनि रहिआएको छ । वर्षायाम र खेतीपातीको काम सकेलगत्तै गथांम्वःबाट चाडपर्व सुरु हुन्छ । त्यहि दिनबाट लाखे नचाउन सुरु भै कृष्णाष्टमीसम्म नचाईने गरिन्छ । तर विगत केहि वर्षदेखि जथाभावी लाखे नचाउन थालेकाले लाखे नाचको मूल्य मान्यता घट्दै जाने चिन्ताले परम्पराअनुसारमात्र लाखे नाच नचाउन कीर्तिपुर १ वडा कार्यालयले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha