मङ्लबार, भदौ २३, २०८३ | September 8, 2026

रियादमा भोटेकोशी तथा त्रिशूली बाढीका मृतकप्रति श्रद्धाञ्जली, दीप प्रज्वलनसहित शोकसभा सम्पन्न

रियादमा भोटेकोशी तथा त्रिशूली बाढीका मृतकप्रति श्रद्धाञ्जली, दीप प्रज्वलनसहित शोकसभा सम्पन्न

  • Naveen Sanchar

  • मङ्लबार, भदौ २३, २०८३

  • 29
    Views
रियादमा भोटेकोशी तथा त्रिशूली बाढीका मृतकप्रति श्रद्धाञ्जली, दीप प्रज्वलनसहित शोकसभा सम्पन्न

बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाली समुदाय एकजुट

रियाद, साउदी अरब।
मिति २०८३ भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली राजदूतावास, रियाद परिसरमा शोकसभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

विनाशकारी बाढीका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आयोजित कार्यक्रममा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको थियो। साथै, बाढीका कारण घाइते तथा प्रभावित भएकाहरूको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरिएको थियो।

कार्यक्रममा साउदी अरबमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले दीप प्रज्वलन गर्दै बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता प्रकट गरेका थिए।

प्राकृतिक विपत्तिको यस दुःखद घडीमा पीडित परिवार तथा प्रभावित समुदायप्रति साथ, सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै नेपाली समुदायले मानवीय एकताको सन्देशसमेत दिएको छ।

कार्यक्रममा सहभागी भई दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति नेपाली राजदूतावासले हार्दिक आभार व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha