बुधबार, भदौ १०, २०८३ | August 26, 2026

विपत्तिको समयमा सहयोग गर्न आयोगको अपिल

विपत्तिको समयमा सहयोग गर्न आयोगको अपिल

  • Naveen Sanchar

  • बुधबार, भदौ १०, २०८३

  • 1
    Views
विपत्तिको समयमा सहयोग गर्न आयोगको अपिल

नवीनसञ्चार समाचारदाता,
काठमाडौँ, भदौ १० गते ।भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा ठुलो सङ्ख्यामा नागरिकहरु, सुरक्षाकर्मी, कर्मचारी, आन्तरिक तथा बाह्यय पर्यटकहरुको मृत्यु भएको, कैयौँ व्यक्तिहरु बेपत्ता तथा घाइते भएको एवं भौतिक संरचनामा ब्यापक क्षति पुगेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गहिरो दुःख प्रकट गरेको छ । सो घटनामा परी निधन हुनेहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आयोगले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

विपत्तिको यस कठिन समयमा एक अर्कालाई सहयोग गर्न, उद्धार तथा पुनःस्थापनाको कार्यमा आ(आफ्नो स्थानबाट योगदान गर्न नेपाल सरकार, राजनैतिक दलहरु, राष्ट्रसेवक कर्मचारीहरु, आम नागरिक, सुरक्षाकर्मी तथा सबैमा आयोगले अपिल गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha