
-केशव श्रमिक
उन्नाइस सालमा सैनिकलाई द्रव्य दिन आको
असी सालमा आइपुग्दा डिजिटल भाको ।
सेवा, सुविधा, सापटी, सुरक्षा बढाउँदै गयो
बुढ्यौलीमा सञ्चय कोष नै ठूलो सहारा भयो ।।
सञ्चय कोष नै सञ्चयकर्ताको अभिभावक भयो ।
सामाजिक सुरक्षा र सापटीले मन जित्दै गयो ।
कोषमा राखेको सम्पत्ति चोरले हरण नगर्ने
भागवण्डा, सर्वस्वहरण केहीमा नपर्ने ।।
सञ्चयकर्ता बनी घर,जग्गा,शैक्षिक सापटी लिऔँ ।
दुर्घटना, सुत्केरी, बिरामी,शोक पर्दा कोषलाई नै सम्झिऔँ ।
योगदानमा आधारित पनि राम्रै छ है पेन्सन ।
तलबबाट छ प्रतिशत मात्रै छैन कुनै टेन्सन ।।
नेपालको ठूलो र पहिलो सामाजिक सुरक्षा संस्था
इसाजस्तो विश्वव्यापी सञ्जालमा जोडिएको अवस्था ।
उपकारी, गुणी संस्था यसै कोषलाई मानी
सबैले सहयोग गरौँ आफ्नै घरजस्तो ठानी ।।