बिहिबार, असार १८, २०८३ | July 2, 2026

जनआदर्श माविको तीनतले १८ कोठे भवन निर्माणको शिलान्यास

जनआदर्श माविको तीनतले १८ कोठे भवन निर्माणको शिलान्यास

  • देबी बहादुर सुतारकार्की

  • बुधबार, असार १७, २०८३

  • 77
    Views
जनआदर्श माविको तीनतले १८ कोठे भवन निर्माणको शिलान्यास

झापा, शिवसताक्षी–६, शिवगञ्जस्थित श्री जनआदर्श माध्यमिक विद्यालय मा नेपालस्थित भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण हुन लागेको तीनतले १८ कोठे विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ।

कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, नेपालस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे, वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्की लगायतले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो।

उक्त भवन निर्माणको अनुमानित लागत (भ्याटसहित) रु. ४ करोड ७० लाख ८३ हजार ९४५ रुपैयाँ ६८ पैसा रहेको छ। निर्माण कम्पनी मक्सुद एमपी जेबी ले रु. ३ करोड ७९ लाख ६० हजार ४५६ रुपैयाँ १२ पैसा मा ठेक्का सम्झौता गरेको छ। सम्झौताअनुसार कम्पनीले १५ महिनाभित्र निर्माण कार्य सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गर्नेछ।

तस्बिरमा: श्री जनआदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्यको शिलान्यास समारोहका झलकहरू।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha