-नवीनसञ्चार सम्वाददाता
दक्षिण कोरिया । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको आठौँ अधिवेशनले मनोज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष नारायण भण्डारी, उपाध्यक्ष उदयराज चॅुंदाली ,श्री पौडेल , महिला उपाध्यक्ष शान रायमाझी रहनुभएको छ । महासचिवमा मौसम सोमरे मगर तथा सचिवमा सनु खनाल, बिनोद नेपाली र अमृत भट्टराईलाई चयन गरिएको छ ।

कोषाध्यक्ष मोहन अधिकारी र सहकोषाध्यक्ष केशब खनाल हुनुहुन्छ ।सदस्यमा कुलचन्द्र पौडेल , अनिल खनाल , विश्वास भुसाल , नारायण घिमिरे , विशाल खनाल , नवीन राजकोटी ,प्रकाश पौडेल ,मनोज पाण्डे , सुदन नारायण अधिकारी र केशब चॅुंदाली नियुक्त हुनुभएको छ ।

मञ्चका निवर्तमान अध्यक्ष रुद्र पौडेलको सभापतित्वमा सम्पन्न अधिवेशनका प्रमुख अतिथि लुम्बिनी प्रदेश समाजका अध्यक्ष हिमाल खनाल रहनुभएको थियो । नारायण भण्डारीले सञ्चालन गर्नुभएको समारोहमा मञ्चका वरिष्ठ उपाध्यक्ष बाबुराम पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनले अर्घाखाँची लगायत विभिन्न स्थानबाट दक्षिण कोरिया आउनुभएका नेपालीको हकहितमा कार्य गर्ने निर्णय गरेको छ ।

