बिहिबार, कार्तिक २८, २०८२ | November 13, 2025

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

  • Naveen Sanchar

  • शनिबार, कार्तिक १६, २०८२

  • 184
    Views
प्रेस विज्ञप्ति

साहित्य परिषद्, भूटान
मिति: २०२५ अक्टोबर २९

मुनास्मृति कथा पुरस्कार–२०२५ स्रष्टा कृष्ण सुब्बालाई

आदरणीय सञ्चारकर्मीज्युहरू,

आख्यान विधाका उत्कृष्ट कृतिलाई सम्मानित गर्ने उद्देश्यले घिमिरे परिवारका तर्फबाट निवर्तमान साहित्य परिषद्का सभापति श्री भक्त घिमिरेद्वारा सन् २०१८ मा स्थापना गरिएको “मुनास्मृति कथा पुरस्कार” यस वर्ष नेब्रास्का निवासी स्रष्टा श्री कृष्ण सुब्बाको कथा–सङ्ग्रह सञ्चमान ज्यो ज्यो लाई प्रदान गरिने निर्णय भएको छ।

साहित्य परिषद्, भूटानले स्रष्टा सुब्बालाई यस प्रतिष्ठित पुरस्कारका अवसरमा हार्दिक बधाई तथा उज्ज्वल साहित्यिक यात्राका लागि शुभकामना व्यक्त गर्दछ।

प्रत्येक तीन वर्षमा प्रकाशित वा लेखिएका कथासङ्ग्रहहरू मध्येबाट उत्कृष्ट कृति छनोट गरी प्रदान गरिने यो पुरस्कारका लागि यस पटक श्री सुब्बाकोसञ्चमान ज्यो ज्यो चयन गरिएको हो।

परिषद् र पुरस्कार प्रायोजकबीचको सहमति तथा कार्यविधिअनुसार, परिषद्ले छ महिनाअघि भूटानी स्रष्टाद्वारा सन् २०२४ सम्म प्रकाशित भएका कथासङ्ग्रहहरू संकलन गरी मूल्याङ्कनका लागि त्रिसदस्यीय तटस्थ विज्ञ समिति गठन गरेको थियो। समितिले प्राप्त कृतिहरूको विस्तृत मूल्याङ्कन गरी श्री सुब्बाको कृति पुरस्कारका लागि योग्य रहेको निष्कर्ष निकालेको हो।

मूल्याङ्कनमा समावेश कृतिहरू:

१.माटो खन्नु, देश नखन्नु — नैनसिंह सारू मगर
२.नाति — नारद तिमसिना
३.परिवर्तनका
मोडहरू — डिल्लीराम आचार्य
४.ऐनामा
देश — चुडामणि निरौला
५.लेखककी
छोरी — जे.एन. दाल
६. रज्वा — तुम्बेहाङ लिम्बू
७. सञ्चमान
ज्यो ज्यो — कृष्ण सुब्बा

मूल्याङ्कन समितिको सर्वसम्मत निर्णयका आधारमा श्री कृष्ण सुब्बालाई मुनास्मृति कथा पुरस्कार–२०२५ प्रदान गर्ने निर्णय गरिएको छ।

उक्त पुरस्कार आगामी नोभेम्बर ८, २०२५ मा आयोजना हुने साहित्य परिषद्, ह्यारिसवर्ग सम्मेलन–२०२५ को विशेष समारोहमा स्रष्टा सुब्बालाई कदरपत्रतथा नगद पुरस्कार सहित सम्मान गरिनेछ।

प्रेस विज्ञप्ति

साहित्य परिषद्, भूटान
मिति: २०२५ अक्टोबर १५

“सुकरा” गीत–सङ्गीत सृजना पुरस्कार–२०२५का लागि तीन कलाकारहरूको छनोट

प्रत्येक तीन वर्षमा प्रदान गरिने सर्जक तथा सङ्गीतकर्मी मनोज राईद्वारा स्थापित र प्रायोजित “सुकरा” गीत–सङ्गीत सृजना पुरस्कारका लागि यस वर्षका तीन उत्कृष्ट कलाकारहरू चयन भएका छन्।

यसअन्तर्गत —

रचना (गीत लेखन) तर्फ: श्री गोविन्द हुँमागाईं,

सङ्गीत (संगीत संयोजन/निर्माण) तर्फ: श्री अम्बर तुम्बापो,

गायन (स्वर प्रस्तुति) तर्फ: श्रीमती छवि न्यौपाने चयन हुनुभएको छ।

साहित्य परिषद्, भूटानले सो प्रतिष्ठित पुरस्कारका लागि चयन हुनुभएका तिनै कलाकारहरूलाई हार्दिक बधाई तथा निरन्तर सृजनात्मक यात्राका लागि शुभकामना व्यक्त गर्दछ।

परिषद्को पुरस्कार सम्बन्धी कार्यविधिअनुसार, गीत, सङ्गीत र गायन क्षेत्रका विज्ञहरू सम्मिलित त्रिसदस्यीय मूल्याङ्कन समिति गठन गरिएको थियो। समितिलाई मूल्याङ्कनका लागि कलाकारहरूले प्रस्तुत गरेका गीत, एल्बम, सिडी, र भिडियो सामग्रीहरू उपलब्ध गराइएको थियो। उपलब्ध सामग्रीहरूको सूक्ष्म समीक्षा एवं मूल्याङ्कनपछि समितिले सिफारिस गरेको नामहरूको आधारमा परिषद्ले सो निर्णय गरेको हो।

उक्त “सुकरा” गीत–सङ्गीत सृजना पुरस्कार आगामी नोभेम्बर ८, २०२५ का दिन ह्यारिसबर्ग, पेन्सिल्भेनियामा आयोजना हुने साहित्य परिषद्, भूटानको ११औँ सम्मेलनका अवसरमा प्रदान गरिनेछ। कार्यक्रममा चयनित कलाकारहरूलाई प्रोत्साहनपत्र र नगद पुरस्कार सहित सम्मान गरिनेछ।

त नगद पुरस्कार द्वारा सम्मानेछ।पुरस्कार परिचयः

पहिलो पुरस्कारः भूटानभित्रै अथवा भूटानबाट निर्वासित सर्जकद्वारा लेखिएका  काव्य कृतिहरूमध्येबाट कुनै पनि एक उत्कृष्ट  कृतिलाई प्रदान गरिने हिमतारा प्रतिभा सम्मान पुरष्कार प्रत्येक दुइवर्षको अन्तरालमा एकपटक प्रदान गरिनेछ ।   र  सो पुरस्कारको  राशी नखद १००१ अष्ट्रेलियन डलर रहेको छ ।   अस्ट्रेलिया निवासी साहित्य परिषद्,भूटानका निवतर्मान उपाध्यक्ष प्रकाश धमाला र उनको परिवारबाट  उक्त हिमतारा काव्यस्मृति पुरस्काको घोषणा गरिएको हो ।  र यो पुरस्कार २०२१ मा पहिलो पटक  ‘गल्लीगल्लीका गीतहरू‘नामक कविता कृतिकी स्रस्टा तिला आचार्यलाई प्रदान गरिएको  थियो ।

दोस्रो पुरस्कारः  सुकरा गीतसंगीत सृजना पुरस्कार हो ।  गीत सृनजा,गायन र सङ्गीत कलामा  पोख्त तीन जनालाइ प्रदान गरिने उक्त पुरस्कार प्रतेक दुइवर्षमा अर्पण गरिनेछ । समाजसेवी एवं गायक साहित्य परिषद्,भूटानका निवर्तमान सांस्कृतिक सचिव समेत रहेका मनोज राइको परिवारबाट स्थापित उक्त पुरस्कारको राशी १५०३ अमेरिकी डलर रहेको छ । र यो पुरस्कार परिषद्को आगामी नभेम्बर ८,२०२५ का दिन पेन्सेलभिन्याको राजधानी ह्यारिस्वर्गमा आयोजना हुने ११औं सम्मेलनमा ससम्मान अर्पण गरिनेछ

तेस्रो पुरस्कारःनेपाली साहित्यमा आख्यान विधाको स्तरोन्नतिका निम्ति  लामिटारे परिवारबाट स्थापित पुरस्कारको नाम हो  हिमटीका स्मृति आख्यान पुरष्कार । प्रतेक तीन वर्षमा भूटानी स्रस्टाद्वारा लेखिएका उपन्यासहरूमध्येबाट उत्कृष्ट ठहरिएको एउटा कृतिका लेखकलाइ प्रदान गरिने उक्त पुरस्कारको नखद्  राशी ११०१ अमेरिकी डलर  रहेको छ ।  हिमटीका स्मृति आख्यान पुरस्कार साहित्य परिषद्,भूटानका संस्थापक समेत रहेका गंगा लामिटारेले स्थापना गरेको हो । यो पुरस्कार परिषद् विन्सोर सम्मेलन-२०२४मा प्रहेलिका उपन्यास कृतिका लेखक जेएन दाहाललाई प्रदान गरिएको थियो ।

चौथोपुरस्कारःनेपाली साहित्यमा कथा विधाको स्तरोन्नतिका लागि स्थापित पुरस्कारको नाम हो मुनास्मृति कथा पुरस्कार । प्रत्येक पाँच वर्षको अवधिमा लेखिएका कथाहरू मध्येबाट  उत्कृष्ट ठहरिएको एउटा कथा कृतिका लेखकलाई प्रदान गरिने उक्त मुना स्मृति कथा पुरष्कारको राशी १५०१ अमेरिकी डलर रहेको छ ।  मुनास्मृति कथा  पुरस्कारको स्थापना निवर्तमान साहित्य परिषद्,भूटानका अध्यक्ष भक्त घिमिरे र उनको परिवारले  प्रायोजन गरेको हो । यो पुरस्कार परिषद्को आगामी नभेम्बर ८,२०२५ का दिन पेन्सेलभिन्याको राजधानी ह्यारिस्वर्गमा आयोजना हुने ११औं सम्मेलनमा ससम्मान अर्पण गरिनेछ

पाँचौं पुरस्कारः बिन्सोर सम्मेलन २०२४ मा उत्घोषित पुरष्कारको नाम हो शहीद स्मृति अनुवाद पुरस्कार । प्रतेक  ५ वर्षमा अनुवाद गरिएका इतिहास ससम्बन्धी कृतिहरू मध्ये उत्कृष्ट एउटा अनुवादित  कृतिका अनुवादकलाई प्रदान गर्ने उदेश्यले स्थापना गरिएको पुरष्कारको यो । नेपालीमा लेखिएका कुनै पनि  महत्वका  कृतिहरूलाई अङ्ग्रेजीलगायत अन्य भाषा  र अन्य भाषामा लेखिएका महत्वपूर्ण कृतहरूलाई नेपालीमा अनुवाद गर्ने अनुवादकका लागि सो शहीद स्मृति  अनुवाद पुरस्कार प्रदान गरिनेछ । उक्त पुरष्कारको राशी ५००० हजार अमेरिकी डलर) रहको । र यस ऎतिहासिक पुरस्कारको प्रायोजन कुशल व्यवसायी  प्रकाश अधिकारीले (ऒम गोर्खाली) प्रायोजन गरेका हुन् । र यो पुरस्कार  २०२८ मा छनौटको प्रक्रिया र माप्दण्ड पुरा गरेको एउटा कृतिका अनुवादकलाई प्रदान गरिनेछ ।

पुरस्कारका लागि घोषणा गरिए अनुरूपको आर्थिक रकम पुरस्कारदाताले ६ महिना पहिल्यै साहित्य परिषद्,भूटानलाई  उपलब्ध गराउनु पर्ने र   पुरस्कार वितरणको सम्पूर्ण चाँजो पाँजो र  कार्य व्यवस्थापन  परिषद्ले गर्ने सहमति र संझौताका आधारमा यो  प्रबन्धन तर्जुमा गरिएको हो ।

सचिव

खेम रिजाल

साहित्य परिषद्,भूटान

मितिः अक्टुबर १५,२०२५

 

BE4058F9-B67B-49D7-B823-DF375A560DA4.png

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha