शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

एनआरएनए साउदी अरबद्दारा -५२ हजारभन्दा बढी श्रमिक प्रत्यक्ष लाभान्वित

एनआरएनए साउदी अरबद्दारा -५२ हजारभन्दा बढी श्रमिक प्रत्यक्ष लाभान्वित

  • Naveen Sanchar

  • शुक्रबार, बैशाख १९, २०८२

  • 346
    Views
एनआरएनए साउदी अरबद्दारा -५२ हजारभन्दा बढी श्रमिक प्रत्यक्ष लाभान्वित

साउदी अरव
वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका नेपाली श्रमिकहरूलाई विभिन्न कोणबाट एनआरएन साउदीले ५२ हजार भन्दा बढी नेपाली श्रमिक लाभान्वित हुने काम गरेको छ।

साउदीको रियादस्थित राजदूतावास र जेद्धास्थित महावाणिज्य दूतावासको समन्वयमा देशका प्रमुख शहरहरू ( दमाम, जुबेल, रियाद, अलकासिम, जिजान, आब्बा, खमिस, ताबुक र जेद्धामा राहदानी शिविर र श्रमिक सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

यसअन्तर्गत ३० हजार ,९१७ जनालाई राहदानी वितरण तथा २१ हजार ५६४ जनाको प्रि–इन्लोल्मेन्ट अनलाइन फारम संकलन गरिएको छ । साथै, अलकासिम र जेद्धामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २७९ जना लाभान्वित भएका छन् ।

श्रमिक पीडितहरूका लागि समेत संघले उल्लेखनीय काम गर्दै आएको छ । ५ जना श्रमिकलाई एकतर्फी हवाई टिकट प्रदान गरिएको छ भने २८ जनाभन्दा बढी श्रमिकलाई राहत वितरण र स्वदेश फिर्तीमा सहजीकरण गरिएको छ । हालसम्म कुल ५२ हजार ५१४ जना प्रवासी नेपाली श्रमिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

संघअन्तर्गतका ६ क्षेत्रीय समन्वय समितिहरूको सहकार्यमा विभिन्न शहरहरूमा “श्रमिक समस्या समाधानमा नेपाली राजदूतावास र सामुदायिक संस्थाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमहरू पनि सम्पन्न गरिएको छ ।

नेपालमा गएको प्राकृतिक विपत्तिपछिको उद्धार तथा सहयोगका लागि संघले ३ लाख ८१ हजार २२७ रूपैयाँ र २ लाख ७० हजार ८४९ रूपैयाँ गरी केन्द्रमा राहत रकमान्तर गरेको छ । साथै, कार्यकालअवधिमा निधन भएका दुई सदस्यका परिवारलाई जनही ५० हजार रूपैयाँ राहत प्रदान गरिएको छ ।

जेद्धास्थित महावाणिज्य दूतावासको नेतृत्वमा दुर्गाबहादुर सुनारको उद्धारका लागि १५ हजार ८१७ साउदी रियाल, दामोदर क्षेत्रीको उद्धारमा ३ हजार ५०० रियाल, एक श्रमिकको जरिवाना भुक्तानीमा १ हजार ५०० रियाल, सडक दुर्घटनामा खुट्टा गुमाएका जनकलाल वाईवाललाई २ हजार९५८ रियाल सहयोग गरिएको छ।

 

नेपाली महिला फुटबल टोलीलाई जेद्धा क्षेत्रीय समिति र स्थानीय संघसंस्थाको सहकार्यमा ६ हजार ७२१ साउदी रियालसहित सम्मानपत्र प्रदान गरिएको छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha