बाबुराम सुनार
दुबई, युएई। विश्वकर्मा समाज नेपाल (युएई) को आयोजनामा युएईमा रहेका सम्पूर्ण नेपालीका लागि विजया दशमी तथा शुभ दीपावलीको अवसरमा बृहत् शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। युएईलाई कर्मभूमि बनाएर बसोबास गरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
आयोजित पोष्टर र सूचना अनुसार आगामी २५ अक्टोबर २०२६ का दिन बरदुबईस्थित SK7 club (Club SK7) मा बिहान ११:०० बजेदेखि कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रमका प्रमुख आकर्षणहरू:
-
विशेष सांस्कृतिक प्रस्तुति: युएईमा रहेका चर्चित कलाकारहरू बाबुराम परियार, दीक्षा सुनार, नारायण सुनार, सपना सुनार र शशिराम विश्वकर्माको सुमधुर गायन प्रस्तुति रहनुका साथै लक्ष्मी सुनार, बिपना सुनार र अस्मिता विश्वकर्माको आकर्षक नृत्य प्रस्तुति रहनेछ।
-
टिका तथा जमरा ग्रहण: अग्रज तथा आफन्तजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप टीका तथा जमरा ग्रहण र शुभकामना आदान-प्रदान गरिनेछ।
-
भेटघाट तथा परिकार: आफन्त तथा साथीभाइसँग भेटघाट गर्नुका साथै खसीको मासु लगायतका विशेष नेपाली परिकारसहितको खानपिनको व्यवस्था रहनेछ।
कार्यक्रम विवरण:
-
मिति: २५ अक्टोबर २०२६
-
समय: बिहान ११:०० बजेदेखि
-
स्थान: Club SK7, बरदुबई
सम्पर्क तथा जानकारीका लागि:
-
केन्द्रीय अध्यक्ष: +971502537853
-
केन्द्रीय महासचिव: +971509610501
-
क्षेत्रीय समिति अध्यक्ष (अबुधाबी): +971555206746
-
क्षेत्रीय समिति अध्यक्ष (दुबई): +971502393642
-
क्षेत्रीय समिति (शारजाह): +971521801950
आयोजक विश्वकर्मा समाज नेपाल (युएई) ले समस्त युएईवासी नेपालीलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गरेको छ।