नवीनसञ्चार सम्वाददाता
जोहोरबारु, मलेसिया ।गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोरबारु, मलेसियाको आयोजनामा नेपालीको महान् पर्व विजयादशमीको पावन अवसरमा दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम तथा रात्रिभोज आयोजना हुने भएको छ। नेपालका लागि नेपाली तथा हाम्रो पर्व, हाम्रो संस्कार, हाम्रो एकता भन्ने मूल नाराका साथ प्रवासमा रहेका नेपालीबीच आपसी भाइचारा, एकता र सांस्कृतिक प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको हो। कार्यक्रम असोज १७ गते दिउँसो ३ बजेदेखि राति १० बजेसम्म Teega Suites, Jalan Laksamana 1, Puteri Harbour, Johor Bahru, Malaysia मा सञ्चालन हुनेछ । आयोजक एनआरएनए क्षेत्रीय समिति जोहोरबारुले मलेसियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पारिदिनुहुन हार्दिक निमन्त्रणा तथा अनुरोध गरेको छ।