नवीनसञ्चार सम्वाददाता, साउदी अरब
अधिकांश नेपालीहरु कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको शहर दमाममा राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये ७२२ जनाको राहदानी बितरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सहजतालाई हृदयंगम गरि आफ्नो अमुल्य समय खर्चेर सहयोग गर्नुहुने नेपाली दूतावास रियादका महामहिम राजदुत नवराज सुवेदी , नियोग उपप्रमुख श्रीमान डा.डमरूवल्लभ पौडेल, पूर्वी प्रान्त दम्माममा कार्यरत नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी नारायण पासवान लगायत सम्पूर्ण दुताबास परिवार र यस कार्यमा स्वयंसेवकको रूपमा सहजीकरण र समन्वयकारी भूमिका निर्वाह गर्नु भएका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका अध्यक्ष श्रीमती रबिना अर्याल ,महासचिव शुक्र मोक्तान, सहकोषाध्यक्ष दुर्गा काउचा, सदस्य काशिन्द्र पासमान , पदम महत, नेपाली जन प्रगतिशील मंच साउदी अरबका कार्यवाहक अध्यक्ष रामचन्द्र वाग्ले, भक्त कार्की, बाबुराम केसी, नेपाली जनसम्पर्क समिति साउदी अरबका महामन्त्री सुरेस राज त्रिपाठी , प्रवासी नेपाली एकता समाज (पानस) का उपाध्यक्ष मनोज धिमाल, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबका प्रमुख सल्लाहकार तेज थापा, प्रमुख संरक्षक ओम घले,आरसीसी पूर्वी क्षेत्रका क्षेत्रिय अध्यक्ष विष्णु भण्डारी, हेल्प मधेसी साउदी अरबका कार्यबाहक अध्यक्ष श्याम कुमार महतो, नेपाली साझा मञ्च साउदी अरबका प्रतिनिधि दिनेश रम्तेल, राष्ट्रिय स्वतन्त्र पार्टी साउदी अरबका सचिब हरि थापा,गैरआवासीय नेपाली संघ स्थानीय समन्वय समिती दमाम साउदीका अध्यक्ष चित्र बहादुर पाटा मगर (मिलन), स्थानीय समन्वय समिती कतिफ/तारुतका अध्यक्ष शेर तारा, स्थानीय समन्वय समिती रहिमाका सचिबश्री कमल सिङ्ग बिक,एनआरएनए कर्मी गणेश अर्याल, ओम कुमाल सन्तोष गौतम नेपाली ट्राभल्स (टाईम ट्राभल्स) सिको दम्माम, दाहाल , प्रेम गौतम लगायत प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्नु भएको थियो।