शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

विनोद राई जिताउँ अभियान हेरिस्वर्गमा

विनोद राई जिताउँ अभियान हेरिस्वर्गमा

  • Naveen Sanchar

  • आइतवार, पुस २२, २०८०

  • 670
    Views
विनोद राई जिताउँ अभियान हेरिस्वर्गमा
विनोद राई जिताउँ अभियान हेरिस्वर्गमा image0.jpeg
सहयात्री ढकाल /ओहायो  
 
 
द भ्वाईस अफ नेपाल सिजान ५ का फाइनलिष्ट विनोद राई जिताउन अभियन तिव्र गतिमा शुरु भएको छ।
आयोजक रोनन सुब्बाले जनाए अनुसार ह्यरिसवर्ग पेन्सिल्भेनियमा आज जनवरी ७ तारिख बेलुकाको समयमा गुरास स्पाइस हाउस @डेरी स्ट्रीट, ह्यारिसबर्ग, पेन्सिलभेनियामा उक्त कार्यक्रम हने भएको हो।
हिजो शनिवार नै कार्यक्रम राखे ता पनि खराब मौसमका कारण आज सारिएको कुरा रोनन सुब्बाले बताए।
ब्लाइन्ड अडिसन, ब्याटल राउण्ड, नकआउट, टप १२ भोटिंगमा प्रवेश हुदै आज ”द भोईस अफ् नेपाल” सिजन ५ का शान, एक कुशल गायकीको धनी विनोद राई चारजना मध्नेको एक फाईनलिष्ट हुन सफल भएका छन।
रोननले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन:  ‘उर्लियो विनोद राईको समर्थनमा जनसागर र यो स्तरको माया र सम्मानको हकदार विनोद राई हुनुहुन्छ। यो सिजनको विजेताको ताज विनोद राईको शीरमा ससम्मान सजेको हेर्न हामी आतुर छौ।’
त्यसै गरि उक्त कार्यक्रममा विशेष कलाकार: किरण गजमेर, द भ्वाइस अफ नेपाल सिजन ३, टाइटल विनरले आफ्नो गित प्रस्तुत गर्ने भएका छन भने सहयोगी कलाकारहरुमा कृष्ण प्रधान, रोनन सुब्बा ,प्रकाश क्षेत्री र बिरेन रसाइली छन।
यसै गरि कोकोम्हेंदो आन्सम्बल, फ्रेन्ड्स अफ बिनोद राई, याक एण्ड यति रेस्टुरेन्ट एण्ड बार, मम्स मोमो एण्ड डेली, मोमो हन्ट, गुरास स्पाइस हाउस, नेपालीभाषी भुटानी तथा नेपाली कलाकारहरुको साथ र सहयोगमा एकजुट भएर बिनोद राई जिताउने एक अभियानले सार्थकता पाउने कुरामा सबै आयोजक र प्रायोजक, शुभेक्छुक निकै आशावादी रहेका छन्।  
यस कोशिष भनौ नि:स्वार्थ भाइचारा, विनोद राई जस्ता होनहार प्रतिभाका धनी गायक, कलाकार प्रतिको हाम्रो सानो सम्मानको यो यात्राभरी देश तथा विदेशमा बसोबास गर्नुहुने आदर्णीय नेपाली संगीत प्रेमी महानुभावहरू, र त्यस्तै अमेरिका, क्यानाडा, अस्ट्रेलिया लगायत विश्वका विभिन्न भूभागमा बसोबास गर्नुहुने नेपालीभाषी भुटानी, नेपाली समुदायका हाम्रा आदर्णीय सबै महानुभावहरू प्रति हामी कृतज्ञता व्यक्त गर्दछौँ भनि आयोजकले  सबैलाई सहयोगको लागि आव्हान गरेका छन्। 
‘यहाँहरुको अथाह माया र आशीर्वादको परिणाम स्वरूप विनोद राई आज फाईनलिष्ट बन्न सफल हुनुभएको छ र हामी यसको श्रेय यहाँहरु सम्पूर्णलाई दिन चाहन्छौँ।’ रोनन सुब्बा बताउँछन् ।
 हामी हजुरहरू सबैमा फेरि एकचोटी विशेष अनुरोध गर्दछौँ कि विनोद राईलाई अत्याधिक भोट गरी “द भोईस” को यो सिजनको विजेता बनाऔ। 
अहिले विनोद राई सुरक्षित छन , तर गत शनिबार जनवारी ६ को ईपिसोड मा भोईसले चारजना फाईनलिष्ट घोषणा गरे लगत्तै विनोद राई को भोटिंग लाईन खुल्ला भएको छ साथै अब एक जुट भएर लागि पर्नु पर्ने छ।
द भ्वाईस अफ नेपाल सिजन ५का फाईनलिष्ट बिनोद राई ईलाम नेपालमा जन्मिए पनि उनि नेपाली भाषी भुटानी समुदय माझ निक्कै लोग प्रिय छन्। उनी नेपाली भाषी भुटानीहरुको प्रिय ज्वाई भनेर पनि चिनिन्छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha