शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

कथा: कैङ्कर्य

कथा: कैङ्कर्य

  • Naveen Sanchar

  • शुक्रबार, पुस २०, २०८०

  • 1.2K
    Views
कथा: कैङ्कर्य

-नारदप्रसाद आचार्य
अमेरिका

        सधैँ जस्तो आज पनि “अकिञ्चन काले” हातमा कारको साँचो बोकेर घरबाट निस्कियो। जिन्दगीलाई सफल बनाउनु ऊ संग तिनवटा  सुत्र थिए।  १. आँखामा पट्टि बाध्नु (नदेख्नु) २. कानमा ठेडी ठोक्नु (नसुन्नु) र ३. मुखमा पानी भर्नु (नबोल्नु)।

       काले कहिले चिकित्सालयको मूल द्वारमा ठोकिन्यो। कहिले विद्यालयको कालो पाटि सम्म जिन्दगीका रेखाहरूसँग रमाउथ्यो। धेरै जसो मन्दिरको ठूलो घण्टी र सत्संगको कथामा हराउँथ्यो ।  विवाह व्रतबन्धको रमझम, आगन्तुकको सेवा अतिथिशाला र पाकशालामा नाँच्थ्यो। मलामीको सून्यतामा विलय हुन्थ्यो। मृत्यु जस्तो भावविह्वल अवस्थाको मलमपट्टि बन्थ्यो। यी सबै कालेका दिनचर्याहरू थिए । अग्रजलाई श्रद्धापूर्वक आदर र अनुजलाई प्रेमपूर्वक स्नेह गर्न खप्पिस काले रमाइलो मिजासको थियो। असहाय ब्यक्तिहरू सहयोगका निमित्त घर आँगनीमा उपस्थित बनेर आवश्यकता पूर्ण गर्दा उसको मन प्रफुल्लित हुन्थो। आफ्नो ज्यानलाई दाउमा राखेर कोरोना जस्तो महामारीबाट प्रभावित पीड़ित परिवारलाई उद्धार कार्यका लागी स्वास्थ्य चौकी, सरकारी र गैरीसरकारी निकायका ढोका ढक्ढकाउनु र रोगीहरूको सेवामा खुसी हुन्थ्यो । Quarantine मा बसेका रोगीका लागी सुरक्षा कवच औषधी र खाद्यान्नको व्यवस्था प्रति दिन निष्ठा भावले गर्दथ्यो। कैङ्कर्य नै मानवधर्म मध्येको सर्वश्रेष्ठ धर्म हो भन्ने पाठको ज्ञान थियो कालेमा ।

       अत:कसैबाट आफ्नो आलोचना नभए कालेलाई असाध्य असह्य हुन्थ्यो, मनमा वतास चल्थ्यो। गोधूली देखि प्रात:काल सम्म निन्द्रा लाग्दैनथ्यो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha