मङ्लबार, बैशाख ८, २०८३ | April 21, 2026

कीर्तिपुरको खोल्सामा भेटिएको ढुंगाले महादेवको स्वरुप पाए

कीर्तिपुरको खोल्सामा भेटिएको ढुंगाले महादेवको स्वरुप पाए

  • Naveen Sanchar

  • मङ्लबार, बैशाख ८, २०८३

  • 134
    Views
कीर्तिपुरको खोल्सामा भेटिएको ढुंगाले महादेवको स्वरुप पाए

८ बैशाख, काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. ७ र ९ को सिमानामा भेटिएको एउटा अजंगको ढुंगाले महादेवको स्वरुप पाएको छ । भाजंगाल बस्तिको ढ्वाङ खोल्सामा सडक निर्माणको क्रममा फेला परेको ढुंगालाई महादेवको स्वरुप दिने योजनाको परिकल्पना ७ नं. वढा कार्यालयमा बन्यो । कीर्तिपुरको प्राचीन र ऐतिहासिक बस्तिको रुपमा रहेको भाजंगालमुनि झाडीले छोपिएको खोल्सा दिउ‘सै सुनसान र डरलाग्दो छ । खेतबारिमा जानेबाहेक त्यहॉ मानिसको आउजाउनै हु‘दैन । खेतबारिमा पनि एक्लै दुक्लै जान डर लाग्ने चितुवाको बासस्थल बन्दै आएको थियो । त्रिवि स्थापनाताका खोल्सालाईनै दक्षिणी सिमाना मानी जग्गा अधिग्रहण गरिएको थियो । वि. सं. ०७२ सालको सम्झौताअनुरुप त्रिविले बाटोको जग्गा छोडेर कम्पाउण्ड वाल लगाएको छ ।


भाजंगाल बस्तिलाई पर्यटकीयरुपमा प्रबद्र्धन गर्ने वडा र जनप्रतिनिधिको योजनाअनुरुप दुई जना मूर्तिकारहरुले करिब ३० फुटको ढुंगालाई आफ्नो शिल्पकलाले महादेवको आकार र स्वरुप दिएका छन् । उक्त महादेवको मूर्तिलाई कुन ठाउ‘मा स्थापना गर्ने हो भन्ने जिज्ञासाको प्रत्युत्तरमा वडा सदस्य दुर्गालाल मालीले खोल्साको अलि माथि उचाईमा सबैले देख्ने ठाउ‘मा राख्ने योजनाका साथ काम अघि बढाएको बताउनु भयो । नयॉ आर्थिक वर्षमा मूर्तिले उचित स्थान पाउने मालीको दावी रहेको छ ।

तस्विरः विनोद केसि, विरेन्द्र शाक्य


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha