शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

शिक्षक तालिम तथा वृत्ति विकासको सुनिश्चितता गर्न माग

शिक्षक तालिम तथा वृत्ति विकासको सुनिश्चितता गर्न माग

  • Naveen Sanchar

  • बिहिबार, साउन २५, २०८०

  • 259
    Views
शिक्षक तालिम तथा वृत्ति विकासको सुनिश्चितता गर्न माग

काठमाडौँ । शिक्षा वस्तु नभई सेवा हो भन्ने दर्शन र मान्यतालाई आत्मसाथ गर्दै प्रस्तावित शिक्षा ऐनले शिक्षामा निजीकरणको स्थानलाई सम्मान गर्दै व्यापारीकरणलाई रोक्ने आशय उल्लेख गरेकोमा नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)ले स्वागत गरेको छ । यद्यपि ट्रेड युनियनमा सरिक हुन पाउने संवैधानिक अधिकारमाथि खलल पु¥याउने प्रावधानको निस्टाले भत्सर्ना गरेको छ ।
विभिन्न सामुदायिक कलेजको समन्वयमा सञ्चालित कक्षा ११ र १२ मात्र रहेका माध्यमिक विद्यालयका सम्बन्धमा ऐन मौन रहेको भन्दै निस्टाले त्यहाँ कार्यरत शिक्षक कर्मचारीको उचित व्यवस्थापन गर्न माग गरेको छ । निस्टाका अध्यक्ष भोलानाथ चालिसे र महासचिव सुदीप बर्तौलद्वारा विहीबार जारी विज्ञप्तिमा सार्वजनिक विद्यालयका शिक्षकसरह निजी र सार्वजनिक गुठी विद्यालयका शिक्षकलाई तालिम तथा वृत्ति विकासको सुनिश्चितता गर्न समेत माग गरिएको छ । सबै नागरिकको सामाजिक सुरक्षाको सुनिश्चितता गर्न समेत अनुरोध गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha