 
                                                                                                      काठमाडौँ । नेपाली महावाणिज्यदुताबासबाट दुरदराजमा रहेको ताबुक क्षेत्रमा गैर आवसीय नेपाली सघं , क्षेत्रीय समन्वय समिति ताबुक संयोजकत्वमा महावाणिज्य दूतावास जेद्धाले यही २८ देखि २९ जुलाई २०२३ सम्म राहदानी नवीकरण फाराम संकलन, नयाँ बनि आएको राहदानी बितरण , श्रमिक अन्तक्र्रिया कार्यक्रम र नवौँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
उक्त कार्यको लागि नेपाली महावाणिज्य दूतावास जेद्दाबाट श्रम सहचारी तमराज काफ्ले, स्थानीय कर्मचारी , जमल बुरहान, दिनेश पन्डित र राजु बास्कोटाबाट सहजीकरणको सेवा प्रदान गरिएको थियो । सो सुबिधा लिन का लागि ताबुक लगायत आसपासका क्षेत्रहरु दुबा,हाकल, शर्मा, अलवज, आरार , ताइमा लगाएत अन्य टाढाका स्थानदेखि नेपालीले आएर सुबिधा प्राप्त गर्नु भएको थियो ।महावाणिज्यदूतावास जेद्दाद्वारा जारी पुर्व सूचना अनुसार राहदानी नविकरण फाराम संकलन एकदिने कार्यक्रम २८ जुलाई २०२३ भनिएतापनि सेवाग्राहीको अत्याधिक चापलाई मध्यनजर गरि महावाणिज्यदूतावासको टोली द्वारा शुक्रबार बिहान ताबुकमा उपस्थित भइ बिहान ८ः०० बजे देखि शनिवार राति ७ः३० बजे सम्म लगातार अहोरात्र खटी त्यहा उपस्थित राहदानी नया आबेदकहरु महिला ८ साथै पुरुष ३६३, अघिल्लो आवेदन रद्ध भएका ८ जना र ११ जना को नबिकरण बितरण र एक जनाको तचबखब िमयअगmभलत सहित कुल जम्मा ३९१ जना सेवाग्राहीलाइ सेवा प्रदान गरिएको थियो।
राहदानी नवीकरणको घुम्ती सेवा सम्पन्न गर्न गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुकका सस्थापक तथा सल्लाहकार भक्त बहदुर हमाल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरेबियाका उपाध्यक्ष अर्जुन थापा , गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुकका पदाधिकारी, अध्यक्ष नर बहादुर खतिवडा, उपाध्यक्ष ओम थापा , सचिव बुद्धि प्रसाद बास्तोला , कोषाध्यक्ष दिपक कार्की, प्रवक्ता शक्ति भट्ट, सह–कोषाध्यक्ष प्रकाश थापा ,युवा सयोजक बिक्रम तिम्सिना ,सदस्यहरु राज कपुर अधिकारी , निलेश घिमिरे , राजेश सेर्पालि , आइ बि गुरुङ , सुमन कार्की , बिकाश झा साथै पुर्व उपाध्यक्ष, देवी बहादुर कार्की र पूर्व सचिव युबराज पोख्रेलले व्यवस्थित बनाउन समन्वयकारी भुमिका निभाउनु भएको थियो ।
यसैगरी उक्त अवसरमा गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुक को ९ औँ वार्षिकोत्सव सस्थाका सस्थापक तथा सल्लाहकार श्री भक्त बहादुर हमाल ज्यु र गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष साथै आर सि सि का सल्लाहकार श्री अर्जुन थापा ज्युले केक काटेर भव्य रुपमा मनाइएको थियो भने उक्त अवसरमा नेपाली राष्ट्रिय पोशाक झल्काउने गरि गैर आवासिय नेपाली सङ क्षेत्रीय समन्वय समिती ताबुकका सम्पुर्ण पदाधिकारीले एकै किसिमका राष्ट्रिय पोशाक दौरा सुरुवाल र कोट लगाएर कार्यक्रमको शोभा बढाइको थियो।
ताबुक जस्तो टाढा दूरदराजबाट जेद्दा र रियाद नियोगहरुमा धाउनुपर्ने झन्झट र खर्चिलो यात्राबाट आफुहरु मुक्त भएको र आगामी दिनहरुमा पनि यस्तै सहजिकरणका कार्यक्रमहरु होस् भन्ने सेवाग्राहीहरुको भनाइ रहेको थियो ,सम्पुर्ण सेवाग्राहिले आफ्नो पालो आउन निकै लामो समय पर्खनु परेकोले अब आउदा दिनहरुमा सेवालाइ अझै प्रभावकारी र चुस्त बनाइ, लामो समयको प्रतीक्षाबाट मुक्ति दिलाउन सुझाव दिएका छन र यसरी आफ्नै कार्यक्षेत्रमा बसेर कम खर्चमा सेवा लिन पाएकोमा सम्पुर्ण सेवाग्राहीहरु निकै हर्षित भएका थिए।
 
                     
                             
                                                     
                                                     
                                                     
                                                     
                                                    