आइतवार, साउन २४, २०८३ | August 9, 2026

झापाली समाज साउदीको अध्यक्षमा राजु बराल, नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

झापाली समाज साउदीको अध्यक्षमा राजु बराल, नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

  • Naveen Sanchar

  • शनिबार, साउन २३, २०८३

  • 76
    Views
झापाली समाज साउदीको अध्यक्षमा राजु बराल, नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

तेस्रो अधिवेशन सम्पन्न, रचना रिमालको बेजोड सांगीतिक प्रस्तुतिले कार्यक्रम थप भव्य

रियाद, साउदी अरेबिया । झापाली समाज–साउदी अरेबियाको तेस्रो अधिवेशनबाट राजु बरालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। अधिवेशनसँगै आयोजित बृहत् सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा नेपालकी चर्चित गायिका रचना रिमालले बेजोड सांगीतिक प्रस्तुति दिइन्।

साउदी अरेबियामा रहेका झापाली तथा नेपाली समुदायबीच एकता, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको हो।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ढुंगेल, उपाध्यक्षमा देबी बहादुर सुतार कार्की र गङ्गा केरुङ लिम्बु तथा महिला उपाध्यक्षमा कृष्णमाया हुमागाईं आचार्य निर्वाचित भएका छन्।

त्यसैगरी महासचिवमा गोपाल प्रसाद आचार्य, सहसचिवमा दिवस घिमिरे र कोषाध्यक्षमा राजेश गौतम चयन भएका छन्। सह–कोषाध्यक्ष पदमा भने नाम घोषणा हुन बाँकी रहेको छ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष: राजु बराल
वरिष्ठ उपाध्यक्ष: राजेन्द्र ढुंगेल
उपाध्यक्ष: देबी बहादुर सुतार कार्की
उपाध्यक्ष: गङ्गा केरुङ लिम्बु
महिला उपाध्यक्ष: कृष्णमाया हुमागाईं आचार्य
महासचिव: गोपाल प्रसाद आचार्य
सहसचिव: दिवस घिमिरे
कोषाध्यक्ष: राजेश गौतम

कार्यसमिति सदस्यहरूमा रमेश सिटौला, सन्तोष पाठक, भोला पौडेल, कुमार बराइली, मिना उप्रेती, मिना न्यौपाने, मनोहरी सिटौला, पूर्णप्रसाद नेपाल, मनोज बिष्ट, नवीन रिजाल, शिव न्यौपाने, रविन अधिकारी, चुडामणि शंकर, बिपिन केरुङ, गोपाल भण्डारी र नैना लिम्बु चयन भएका छन्।

रबिन गिरी प्रमुख सल्लाहकार

समाजको सल्लाहकार समितिको प्रमुख सल्लाहकारमा रबिन गिरी चयन भएका छन्। सल्लाहकारहरूमा राजेन्द्र थापा, होम थापा, काजिमान कन्दङ्वा, बलराम थापा, किरण चौधरी, इन्द्र गिरी, रमेश भट्टराई र बलबहादुर गिरी रहेका छन्।

रचना रिमालको बेजोड प्रस्तुति

अधिवेशनसँगै आयोजित बृहत् सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालकी चर्चित गायिका रचना रिमालले बेजोड सांगीतिक प्रस्तुति दिइन्।

रिमालले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै उपस्थित नेपाली दर्शक–श्रोतामाझ उत्साह र उमंग थपिन्। उनको सुमधुर आवाजमा नेपाली गीतहरू गुञ्जिएसँगै दर्शकहरू गीतमा झुमेका थिए।

रिमालको आकर्षक सांगीतिक प्रस्तुतिले कार्यक्रमस्थललाई थप मनोरञ्जनात्मक र उत्साहपूर्ण बनाएको थियो। साउदी अरेबियाको मरुभूमिमा नेपाली कला, संस्कृति र संगीतको माहोल सिर्जना गर्दै कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई एकताको भावनासँग जोडेको थियो।

नवनिर्वाचित अध्यक्ष राजु बरालको नेतृत्वमा रहेको नयाँ कार्यसमितिले साउदी अरेबियामा रहेका झापाली तथा नेपाली समुदायबीच आपसी भाइचारा, एकता र सहकार्यलाई थप मजबुत बनाउँदै सामाजिक, सांस्कृतिक तथा मानवीय सेवाका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

 

 

समाज–साउदी अरेबियाको तेस्रो अधिवेशनबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमिति तथा कार्यक्रममा सांगीतिक प्रस्तुति दिँदै गायिका रचना रिमाल।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha