१० साउन, काठमाडौं । संगीतप्रेमी नवयुवाहरुको दि टेम्पटेसन व्याण्डले आफ्नो नयॉ सिर्जना ‘आकासको तारा’ सार्वजनिक गरिएको छ । साउन ९ गते शनिवार कीर्तिपुर सिनेप्लेक्सको हल २ मा संगीतप्रेमी कलाकार तथा स्रोताहरुको उपस्थितिमा एक औपचारिक समारोहमार्फत् ‘आकासको तारा’ सार्वजनिक गरिएको हो ।
एक निम्न मध्यम परिवारको जीवन संघर्षको कथाभित्र घुमेको क्रिपु प्रोडक्सनको प्रस्तुति ‘आकासको तारा’को गीत, संगीत र स्वर उत्कृष्ट छ भने गीतलाई भिडियोग्राफीमा लोभलाग्दो ढंगले उतारिएको छ । चर्चित कलाकार मनोज महर्जन, प्रजिता श्रेष्ठ र बालकलाकारमा श्रीयास महर्जनले गीतको भावलाई भरपुर न्याय गरेका छन् । भिडियो निर्देशन र सह–निर्देशन रोनिक महर्जन र साजन श्रेष्ठ, छायॉकन, सम्पादन सुविन थापा र अडियो रेकर्डिङ, मिक्सिङ र मास्टर्ड फिरोज वज्राचार्यको रहेको छ भने निर्माण टिममा अभिज्ञ धिमिरे, जेनिस महर्जन, बुलेश महर्जन, सायल महर्जन र मनिक महर्जन तथा श्रृंगार कृष्ण डंगोलको रहेको छ ।