८ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिका १० वडाअध्यक्ष नरेश महर्जनलाई मातृशोक परेको छ । महर्जनकी ७६ वर्षिया आमा धनमाया महर्जनको उपचारको क्रममा साउन ६ गते बुधवार स्वर्गारोहण भएको बताईएको छ । स्वर्गारोहणपछि नेवाः परम्पराअनुसार कीर्तिपुर ३ स्थित दीखुघाटमा साउन ७ गते बिहिवार दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । मृतआत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रशट गर्दछौं ।