बिहिबार, साउन ७, २०८३ | July 23, 2026

पर्यटक घुमाउन आएका प्रकाश बागमतीमा हाम फाले, खोजी जारी

पर्यटक घुमाउन आएका प्रकाश बागमतीमा हाम फाले, खोजी जारी

  • Naveen Sanchar

  • बिहिबार, साउन ७, २०८३

  • 70
    Views
पर्यटक घुमाउन आएका प्रकाश बागमतीमा हाम फाले, खोजी जारी

७ साउन, काठमाडौं । अन्दाजी मध्यान्ह सवा १२ बजेतिर चोभार, जलविनायक पुलबाट एउटा मानिस नदीमा हामफालेको खबर सुरक्षा निकायलाई आयो । लगत्तै कीर्तिपुर प्रहरी टोली र सशस्त्र प्रहरीको रेजिमेन्ट गणको उद्धार टोली चोभार पुग्यो । घटनाको बारेमा सोधखोज गर्दा ललितपुर मगर गाउॅ बस्ने वर्णराज राईले एउटा मान्छे नदीमा हामफालेको देखेको र मोबाइलमा निजको फोटोसमेत देखाएपछि खोजी कार्य तिव्र बनाईयो । घटनास्थलमै भेटेका विदेशी नागरिकबाट प्रहरीले नदीमा हामफाल्ने व्यक्तिको पहिचान गर्‍यो । ईगल्याण्डका नागरिक रेमण्ड उवाकाअनुसार चोभार घुमाउन ल्याउने ३६ वर्षीय गाईड प्रकाश परियार नदीमा हामफालेको खुल्यो । उनको स्थायी ठेगाना कलंकी, काठमाडौं १४ सुनार गाउॅ भई हाल स्वयम्भू बस्दै आएको सुरक्षा निकायले जानकारी दिएको छ । प्रकाशको खोजी कार्यमा नेपाली सेनाको टोलीसमेत परिचालन भएको बुझिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha