बिहिबार, असार ४, २०८३ | June 18, 2026

एसपी छेदीलाल कामती सुदूरपश्चिममै सर्वोत्कृष्ट घोषित

एसपी छेदीलाल कामती सुदूरपश्चिममै सर्वोत्कृष्ट घोषित

  • Naveen Sanchar

  • बिहिबार, असार ४, २०८३

  • 47
    Views
एसपी छेदीलाल कामती सुदूरपश्चिममै सर्वोत्कृष्ट घोषित

४ असार, धनगढी । नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगरमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) छेदीलाल कामती सुदूरपश्चिममै सर्वोत्कृष्ट घोषित हुन सफल भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले उनलाई जेठ महिनाको पुलिस अफ द मन्थ घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेका हुन् ।

उनलाई प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराउन तथा विशेष सुरक्षा गणको पूर्वाधार निर्माण र मर्मतमा स्थानीय तह, सरकारी तथा गैरसरकारी निकायसँग प्रभावकारी समन्वय गर्दै उत्कृष्ट व्यवस्थापकीय भूमिका निर्वाह गरेको आधारमा सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
एसपी कामतीले तोकिएको जिम्मेवारी लगनशील, कर्तव्यनिष्ठ र प्रभावकारी रूपमा पूरा गर्दै नागरिकमा सुरक्षा अनुभूति बढाउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएको सम्मानपत्रमा उल्लेख छ । प्रहरी संगठनले सुम्पिएका जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै संगठनको गरिमा अभिवृद्धि गरेको भन्दै उनको योगदानको उच्च मूल्यांकन गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha