सोमवार, जेष्ठ ११, २०८३ | May 25, 2026

३० वर्षमा कीर्तिपुरले सबै वडा कार्यालय पनि बनाउन सकेन

३० वर्षमा कीर्तिपुरले सबै वडा कार्यालय पनि बनाउन सकेन

  • Naveen Sanchar

  • सोमवार, जेष्ठ ११, २०८३

  • 7
    Views
३० वर्षमा कीर्तिपुरले सबै वडा कार्यालय पनि बनाउन सकेन

११ जेठ, काठमाडौं । वि. सं. ०५३ साल चैत १४ गते सरकारले तत्कालिन ८ वटा गाविहरु गाभेर कीर्तिपुर नगरपालिका घोषणा गर्‍यो । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरपछि पुराना दुई नगरपालिका हुन्, कीर्तिपुर र भक्तपुर । नगरपालिका घोषणा भै संचालनमा आएको ३० वर्ष हुॅदैछ । तर आजसम्म पनि कीर्तिपुर नगरपालिकाका १० वटा वडा कार्यालयहरुमध्ये धेरैजसो अस्थायी र भाडाको भवनमै संचालनरत छन् । घोषणा गरिंदा १९ वटा वडाहरु रहेकोमा ०७४ सालमा पुनर्संरचनापछि १० वटा वडामा समायोजन गरियो । हाल आफ्नै प्रशासनिक भवनमा संचालन भएको वडा भनेको १, ५, ६, र १० मात्रै हुन् । २ वडा कार्यालय स्थानीय सामुदायिक भवनमा संचालित छ । ३ वडा तत्कालिन पालिफल गाविस, ४ वडा भाद्र २४ मा जलाईएपछि हाल भाडाको घरमा, ८ सामुदायिक भवनमा, ९ वडा तत्कालिन बाहिरीगाउॅ गाविस भवनमा संचालन हुॅदै आएको छ । स्थापनाको तीन दशक लामो समयमा कीर्तिपुर नगरपालिकाले वडा कार्यालयका लागि आफ्नै सुविधासम्पन्न प्रशासनिक भवनसमेत बनाउन सकेको छैन । वि. सं. ०५४ सालको स्थानीय निकायको पहिलो निर्वाचनपछि लामो समय चुनाव नहुॅदा नगरपालिकाहरु कर्मचारीको भरमा संचालन भएका थिए । भाद्र २४ कै प्रदर्शनमा वर्षाहितीको प्रमुख प्रशासनिक भवन जलाईएपछि हाल नगरपालिकासमेत त्रिविको एक भवनमा संचालन हुॅदै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha