अन्तर्राष्ट्रिय नारी दिवसको पावन अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर द्वारा आयोजित
“नारी स्रष्टा विशेष – अनलाइन रचना वाचन तथा अन्तरक्रिया कार्यक्रम २०२६” (८१ औँ नियमित साहित्यिक श्रृंखला)
८ मार्च २०२६, आइतबार
बेलुका ७:०० बजेदेखि
यस विशेष कार्यक्रममा जापानको विभिन्न स्थानमा रहनुभएका नारी स्रष्टाहरूले आफ्ना कविता, रचना तथा विचारहरू प्रस्तुत गर्नुहुनेछ। नारी सृजनशीलता, साहित्यिक योगदान र सशक्तीकरणलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा यहाँहरूको साथले सफल हुने वि़श्वास लिएका छौँ। सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूलाई अनेसास जापानको फेसबुक मार्फत प्रत्यक्ष प्रसारण (Facebook Live) हुने जानकारी गराउन चाहान्छौँ ।
-अनेसास, जापान च्याप्टर
—————————————————————————————————————————————
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।