बिहिबार, फाल्गुन १४, २०८२ | February 26, 2026

दक्षिण कोरियाका नेपाली श्रमिकको बीमा गर्नुपर्छ : पुष्प भण्डारी

दक्षिण कोरियाका नेपाली श्रमिकको बीमा गर्नुपर्छ : पुष्प भण्डारी

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन १४, २०८२

  • 81
    Views
दक्षिण कोरियाका नेपाली श्रमिकको बीमा गर्नुपर्छ  : पुष्प भण्डारी

नमस्कार । म पुष्प भण्डारी । मेरो जन्म स्थान कास्की जिल्ला माछापुच्छ्रे गा.पा धम्पुस ७, हाल पाेखरा २५ हेमजा हो । म दक्षिण काेरियास्थित Ganong Bio कम्पनीमा कार्यरत छु, जहाँ कुखुराको अण्डा उत्पादनदेखि प्याकिंगसम्म काम हुन्छ ।  एउटा परदेशीलाई जन्मभूमिको सम्झना यति नै आउँछ भनेर सायद शब्दद्वारा जतिसुकै वर्णन गरेपनि अपुग नै हाेला । दक्षिण काेरिया आएकाे लगभग ९ वर्ष भयाे ।

दक्षिण काेरियामा मेराे अनुभव

समयकाे महत्त्व र समय कसरी पालना गर्नुपर्ने रहेछ भन्ने कुरा म लगायत अधिकांश व्यक्तित्व हरुले बुझ्नुभएकाे छ जस्तो लाग्छ।  सामाजिक संघ- संस्थामा लाग्ने मेराे सानै देखिकाे आदत भएकोले  दक्षिण काेरियामा रहँदै गर्दा म आबद्ध भएका संघ संस्था – महासचिव, गण्डकी प्रदेश समाज काेरिया – केन्द्रीय सदस्य, कास्की आदर्श अन्तर्राष्ट्रिय समन्वय परिषद – सल्लाहकार, कास्की परिवार दक्षिण काेरिया – सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , काेरिया च्यापटर – दक्षिण काेरियामा मैले पाएका सकारात्मक कुराहरु केही माथि पनि उल्लेख गरेकाे छु । जस्तै : समयकाे सदुपयोग, लगनशीलता,मेहनत ,समयकाे सहि पालना, लगायतका कुराहरु काेरियन नागरिक ,काेरियन संस्कार आदिबाट सिक्ने माैका मिल्याे, त्यस्तै सार्वजनिक कार्यालयहरुमा सेवाग्राहीले पाउने सुविधा र सेवाग्राहीलाई गर्ने व्यवहार( विदेशीलाई समेत) एकदमै सराहनीय रहेको छ।

गुमाएका कुराहरु विशेषगरी म जस्तै काेरिया लगायत अन्य देशमा रहनुभएका सम्पुर्ण नेपाली दिदिबहिनी दाजुभाइहरु आफ्नो देश र परिवार संग छुटिएर बस्नुकाे पीडा ….  दक्षिण काेरियामा विशेषगरी EPS मार्फत , विद्यार्थी भिषा र व्यवसायी भिषा लगायत अन्य भिषामा रहनुभएकाे छ। सबैका आफ्ना आफ्नै समस्या हरु छन तर पनि यहाँकाे दुतावास, सक्रिय संघ संस्था मिलेर सहयोगी भुमिका निर्वाह गरिरहेका छाैँ।  विशेषगरी यहाँको लाेकप्रिय मिडिया मार्फत नेपाल सरकारलाई सुझाव, दक्षिण काेरियामा १६ देशका श्रमजीवी श्रमिकहरु हुनुहुन्छ र आफ्नो देशको पहुँच र नियम अनुसार अन्य देशका श्रमिकले पाउने कुकमिन फाेहम ( बीमा) नेपाली श्रमिकहरुले प्राप्त गर्न सक्नुभएकाे छैन । जसकाे लागि सरकारले नै ठाेस कदम चाल्नुपर्ने हुन्छ, यसकाे अपेक्षा सहित सुझाव।  नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा परदेशी भूमिमा विशेषगरी आफ्नो स्वास्थ्यकाे ख्याल गर्नुहाेला र एकले अर्को लाई सकिने सहयोग गरिदिनु हाेला भन्न चाहन्छु ।  अन्त्यमा यहाँको लाेकप्रिय अनलाइन न्युज पोर्टल  naveensanchar.com मा मेराे सानो भनाई राख्ने माैका दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै  समाज रुपान्तरणमा यहाँको मिडियाकाे सकारात्मक एवं रचनात्मक भूमिका रहाेस भन्न चाहन्छु। धन्यवाद ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha