शनिबार, कार्तिक १५, २०८३ | October 31, 2026

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा निर्वाचन समिति गठन, नोभेम्बर १५ मा अधिवेशन हुने

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा निर्वाचन समिति गठन, नोभेम्बर १५ मा अधिवेशन हुने

  • Naveen Sanchar

  • शनिबार, कार्तिक १५, २०८३

  • 19
    Views
नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा निर्वाचन समिति गठन, नोभेम्बर १५ मा अधिवेशन हुने

नवीनसञ्चार संवाददाता

न्युयोर्क, ३१ अक्टोबर २०२६।

नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति, अमेरिकाले आगामी नियमित अधिवेशन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

समितिका संयोजक प्रमोद सिटौलाद्वारा अक्टोबर ३० मा जारी प्रेस विज्ञप्तिअनुसार, नोभेम्बर १५, २०२६ मा हुने अधिवेशनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन समिति गठन गरिएको हो।

गठित निर्वाचन समितिमा सूरज नायकलाई प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी दिइएको छ। नायक नेपाली जनसम्पर्क समितिका पूर्व विभागीय सदस्यसमेत हुन्। त्यस्तै, विनोद श्रेष्ठ र सचिता रायमाझी बस्नेतलाई निर्वाचन आयुक्तको जिम्मेवारी प्रदान गरिएको छ।

संयोजक सिटौलाले नवगठित निर्वाचन समितिका पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले आसन्न अधिवेशनलाई सफल, मर्यादित र ऐतिहासिक बनाउन अमेरिकामा रहेका समितिका सदस्य तथा नेपाली कांग्रेसका शुभेच्छुकहरूबाट रचनात्मक सुझाव, सल्लाह, सहयोग र सक्रिय सहभागिताको अपेक्षासमेत गरेका छन्।

लामो समयपछि हुन लागेको समितिको नियमित अधिवेशनलाई अमेरिकामा रहेका नेपाली कांग्रेससम्बद्ध नेता तथा कार्यकर्ताले चासोका साथ हेरेका छन्। निर्वाचन समिति गठनसँगै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

नोभेम्बर १५ मा हुने अधिवेशनले समितिको आगामी नेतृत्व चयन गर्नुका साथै अमेरिकामा नेपाली कांग्रेसको संगठनात्मक गतिविधि र भावी कार्यदिशाका सन्दर्भमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha