शनिबार, कार्तिक १५, २०८३ | October 31, 2026

भोटेकोशी हिमबाढी प्रभावितका लागि ताइवानका नेपालीद्वारा ३२ लाख सहयोग

भोटेकोशी हिमबाढी प्रभावितका लागि ताइवानका नेपालीद्वारा ३२ लाख सहयोग

  • Naveen Sanchar

  • शनिबार, कार्तिक १५, २०८३

  • 6
    Views
भोटेकोशी हिमबाढी प्रभावितका लागि ताइवानका नेपालीद्वारा ३२ लाख सहयोग

नवीनसञ्चार संवाददाता

काठमाडौँ, कात्तिक १४ गते । भोटेकोशी हिमबाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ताइवानमा बसोबास गर्ने नेपालीहरूले ३२ लाख चार हजार ४६५ रुपैयाँ सहयोग गरेका छन्।

नेपाल ताइवान संघमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त रकमको डमीचेक आज युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई हस्तान्तरण गरिएको हो।

मन्त्रालयमा आयोजित कार्यक्रममा संघका उपाध्यक्ष वीरेन्द्रबहादुर ताम्राकारले संघका तर्फबाट सहयोग रकमको डमीचेक हस्तान्तरण गर्नुभएको थियो। संघले उक्त रकम यसअघि नै कोषको बैंक खातामा जम्मा गरिसकेको जनाएको छ।

यसैबीच, नेपाल ताइवान संघले ताइवानमा बसोबास गर्दै आएका नेपाली नागरिकले भोग्नुपरेका विभिन्न समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha