शनिबार, फाल्गुन २, २०८२ | February 14, 2026

नेसनल प्याब्सन भक्तपुरको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नेसनल प्याब्सन भक्तपुरको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • Naveen Sanchar

  • शुक्रबार, फाल्गुन १, २०८२

  • 13
    Views
नेसनल प्याब्सन भक्तपुरको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नवीनसञ्चार सम्वाददाता

भक्तपुर/ नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम सुर्यविनायक नगरपालिका वडा ४ मा रहेको ईडेन गारडेन स्कुलको आयोजनामा अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको छ। विद्यार्थीको वाककला र व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा विभिन्न विद्यालयका प्रतिभावान छात्रछात्राहरूले आफ्नो तर्क र प्रस्तुति क्षमता प्रदर्शन गरेका थिए। प्रतियोगितामा दुई फरक विधा र तहमा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। “शिक्षा नै उज्यालो भविष्यको आधार” शीर्षकमा आधारित रहेर कक्षा ५ तर्फको प्रतिस्पर्धामा युनिटी इङ्लिस स्कुलका हिमांशु भट्ट प्रथम हुन सफल भए। त्यसैगरी मदरल्याण्ड स्कुलकी कृष्टिका भण्डारीले दोस्रो, ग्लिटर फ्युचरकी स्पर्श थापा मगरले तेस्रो र ऋतम्भरा पाठशालाकी जस्मिन अछामीले सान्त्वना स्थान हासिल गरे। वातावरणीय चेतना जगाउने उद्देश्यका साथ “स्वच्छ वातावरण, स्वस्थ जीवन” शीर्षकमा आयोजित कक्षा ४ तर्फको प्रतिस्पर्धामा मदरल्याण्ड स्कुलका जेसिक नेपाल प्रथम घोषित भए। पारिजात विद्या कुञ्जकी सबिना नायजुले दोस्रो र आरक्षण नेसनल एकेडेमीकी आजुनी सुवेदीले तेस्रो स्थान प्राप्त गरे। कक्षा ४ कै प्रतिस्पर्धामा संस्कार गुरुकुलका भाव्या आचार्य र क्वालिटी इङ्लिस स्कुलकी राज्वी लामिछानेले सान्त्वना स्थान प्राप्त गरेको जानकारी आयोजक स्कुलका सह प्रिन्सिपल अनिश राईले बताउनु भयो । ईडेन गार्डेन स्कुलका प्रिन्सिपल जय प्रकाश राईको सभापतित्व रहेको उक्त प्रतियोगितामा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं. ३ का अध्यक्ष दीपेन्द्र के.सी. ले विजेता विद्यार्थीहरुलाई मैडल तथा ट्रफि वितरण गर्नु भएको थियो। उहाँले विद्यार्थीहरूको आत्मविश्वास र अर्थपूर्ण अभिव्यक्तिको उच्च प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमको निष्पक्ष मूल्याङ्कनका लागि निर्णायकको भूमिकामा जीवनाथ अधिकारी र मधुसुदन न्यौपाने रहनुभएको थियो, जसले विद्यार्थीहरूलाई थप सुधारका लागि मार्गनिर्देशन समेत प्रदान गर्नुभयो। कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न इडेन गार्डेन इङ्लिस स्कुलले आयोजक विद्यालयको रूपमा महत्त्वपूर्ण भूमिका खेलेको दर्शाउदै नेसनल प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले प्रसंशा गर्नु भएको थियो ! साथै उहाँले विद्यालयको कुशल व्यवस्थापन र तयारीका कारण कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha