नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । जेनजी आन्दोलनका बन्दी रिहा गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार लगायतका विभिन्न मागहरु राखी विगत ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा रहेका अजय सोडारीको स्वास्थ्य कमजोर बन्दै गएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
यस सम्बन्धमा आयोगले स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा अनशनरत सोडारीको स्वास्थ्य परीक्षणमा खटिएका चिकित्सकसँग आयोगले निजको स्वास्थ्य अवस्था सम्बन्धमा जानकारी लिएको छ । सोडारीकोे स्वास्थ्य अवस्था कमजोर बन्दै गएको, रक्तचाप र पल्सरेट कम रहेकोले स्लाइनपानी दिइरहेको अनुगमनबाट पाइएको छ ।
आयोगले अनशनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।