शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

तमु (गुरुङ)हरु को राष्ट्रिय पर्व तमू ल्होसार कतारमा संयुक्त मनाउदै

तमु (गुरुङ)हरु को राष्ट्रिय पर्व तमू ल्होसार कतारमा संयुक्त मनाउदै

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • आइतवार, पुस १३, २०८२

  • 337
    Views
तमु (गुरुङ)हरु को राष्ट्रिय पर्व तमू ल्होसार कतारमा संयुक्त मनाउदै

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ, म्हि म्हमु”

दोहा कतार : “‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए  मानव अस्तित्व नै हराउँछ” भन्ने भनाइलाई आत्मसात गर्दै “तमूहरुको एकता, आजको आवश्यकता” भन्ने मुल नाराका साथ सहकार्य सुरु गरेको दोहामा स्थपित प्रसिद्ध दुई मातृ संस्थाहरु तमू (गुरुङ) समाज कतार र तमू प्ये ल्हु संघ, शाखा कतारले संयुक्त रुपमा आगामी २ जनवरी, २०२६ शुक्रबारका दिन गुरुङ जातिको महान पर्व तथा राष्ट्रिय पर्व तमू ल्होसार, यस बर्षको त–ल्हो ल्होसार (घोडा वर्ग) विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको छ ।

उक्त ल्होसार कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथी कलाकारहर द्वय गायिका इनमाया गुरुङ (इन्द्रा) र कोरियोग्राफर कमल गुरुङ  एवं स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुतीहरु रहने छन् । यहि मिति : ०२ जनवरी–२०२६ मा दोहाको दिपिएस मोनार्च इन्टरनेशनल स्कुल अल उकिरमा, दिउसो १२ बजे देखि ल्होसार मनाउने योजना रहेको तमु (गुरुङ)समाज कतारकी महिला सचिब रश्मी गुरुङले जानकारी दिनु भएको छ। साथै २६ डिसेम्बर शुक्रबार नै त ल्हो ल्होसार मुल आयोजक समितीको अन्तिम तयारी बैठक विभिन्न उप-समितिहरु द्वारा कार्य तालिका तयारी भएको जानकारी र जिम्मेवारी दिदै अन्तिम तयारी बैठक सम्पन्न  गर्नु भएको छ। हाल कतारमा स्थापित केहि संघ सस्थाहरुमा देखिएको विभाजन र बिमतिका बीच तमु (गुरुङ) समाज कतार र प्ये ल्हु संघ, शाखा कतारले यो बर्षको ल्होसार पर्व  संयुक्त रुपमा मनाउने घोषणा गरि एकताको मिठो संदेश समेत दिएका छन् ।

यो बर्षको तमुहरु को परम्परागत राजा (म्रु) चुनिने प्रचलन अनुसार “सेन बहादुर गुरुङ” बिजयी

बर्सेनि रुपमा आयोजना गरि मान्दै आएको छेलो प्रतियोगिता गरि तमु राजा (म्रु) चुन्ने खेल पनि हिजो २०२५/१२/२६ शुक्रबारमा सम्पन्न भएको छ। तमु( म्रु)राजा छान्ने कार्यक्रम उपस्थित हुनुभएका दुवै संस्थाका वरिष्ठ व्यक्तित्व ज्यूहरू छेलो (ठेला ) फाल्ने स्थल सम्म उपस्थिति भई कार्यक्रम भब्य र शब्य रुपमा सफल बनाईदिनु भएकोमा धन्यवाद साथै हार्दिक आभार प्रकट गर्न चाहन्छु।

गत शुक्रबार सम्पन्न भएको छेलो प्रतियोगितामा २२ जना प्रतिस्पर्धीहरूको सहभागी थियाे भने क्ल्हेप्री चिवा नवीन टु क्ल्हेप्री तमु ज्युले  कार्यक्रमको उद्घाटन गर्नु भएको थियाे । उक्त कार्यक्रममा यस वर्षको तम (म्रु)राजा दोर्दी गाउँपालिका वार्ड नं ५ लप्सीबोट लमजुङका सेनबहादुर गुरुङज्यू हुनुभएको छ गुरुङज्यूलाई हार्दिक बधाईका साथ सहभागी हुने सम्पूर्ण प्रतिस्पर्धी  ज्यूहरूलाई धन्यवाद व्यक्त गर्दछौ। बिजयी तमु राजा लाई आउदो २०२६ जनवरी २ तारिख ल्होसार कार्यक्रमका दिन सार्बजनिक रुपमा फेटा (क्रेगी) लगाइ सम्मान सहित प्रमाणपत्र हस्तान्तरण गरि सम्मान गर्ने योजना छ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha