शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

नेपाल अध्यापक संघको प्रथम महाधिवेशन सम्पन्न

नेपाल अध्यापक संघको प्रथम महाधिवेशन सम्पन्न

  • Naveen Sanchar

  • शुक्रबार, पुस ११, २०८२

  • 886
    Views
नेपाल अध्यापक संघको प्रथम महाधिवेशन सम्पन्न

नवीनसञ्चार सम्वाददाता

काठमाडौँ । नेपाल अध्यापक संघ (निस्टा) को प्रथम ऐतिहासिक महाधिवेशन कीर्तिपुरमा शुक्रबार सम्पन्न भएको छ । महाधिवेशनले भोलानाथ चालिसेको अध्यक्षतामा संघको ४१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ ।


कार्यसमितिको वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपाध्यक्ष एकराज दाहाल, सुदीप बर्तौला, कन्हैयासिंह कुँवर र प्रेमकुमारी कार्की तथा कोषाध्यक्ष दीपकराज गौतम रहनुभएको छ । महासचिव धर्मराज जोशी, उपमहासचिव ओमनाथ कडरिया, उदयकुमार नेपाली, देवकान्त काफ्ले, लक्ष्मण प्रधान, सुजाता कार्की, सोहनप्रसाद गुप्ता, हरिशरण गुप्ता, केशर बहादुर रोकाया निर्वाचित हुनुभएको छ । सहकोषाध्यक्ष गीता गिरी र राजुप्रसाद दुवाडीलाई चयन गरिएको छ । केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट भाष्कर निरौला र अस्मिन निरौला, मधेश प्रदेशबाट मुक्तिकुमार यादव, सुजित कर्ण, गण्डकीबाट डोलराज पंगेनी र रामकृष्ण दङ्गाल, लुम्बिनीबाट शंकर भण्डारी र सुमनप्रसाद अधिकारी, कर्णालीबाट सत्तल रोकाया, सबिन विष्ट, सुदूरपश्चिमबाट उमेश बजगाईँ र अदिति गिरी निर्वाचित हुनुभएको छ । त्यसैगरी बागमती प्रदे्शबाट विनय अधिकारी, दीपक खड्का, किरण भुषाल, विश्वअवतार घले, विष्णुहरि थापा, सुजना श्रेष्ठ, कविता विष्ट, शैलजा न्यौपाने, सुनकृष्ण श्रेष्ठ, दामोदर दाहाल, मातृका उपाध्याय, दीपकबहादुर शाही रहनुभएको छ । मनोनित सदस्यमा रमेश खड्का, प्रकाश श्रेष्ठ, किशोरप्रसाद जोशी, मुकुन्दनाथ अम्गाईँ, चुडाप्रसाद उप्रेती, सुरज विष्ट र देवेन्द्रराज सापकोटा हुनुहुन्छ ।


उद्घाटन समारोहलाई प्रमुख अतिथिको आसनबाट समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका कार्यवाहक सभापति धनराज गुरुङ्गले निजी तथा संस्थागत शिक्षण संस्थाका शिक्षकको पेशागत हकहितको सुरक्षाका साथै समाजमा लोकतान्त्रिक मूल्यमान्यताको विकासका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।  समारोहका सभापति केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेले संघले अध्यापकका पेशागत हकहित, शैक्षिक अधिकारका साथै  विभिन्न सृजनात्मक र अनुसन्धानमूलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । शिक्षक कर्मचारीको न्यूनतम तलबमान र सामाजिक सुरक्षाका सवालमा निरन्तर संघर्षरत रहेको अध्यक्ष चालिसेले जानकारी दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महर र विशिष्ट अतिथि  केन्द्रीय सदस्य तथा शुभेच्छुक संस्था समन्वय प्रमुख  अब्दुल सतारले नयाँ कार्यसमितिको कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । नेपाली कांग्रेसका    टेड युनियन   विभाग, भातृ  तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिको समेत सहभागिता रहेको कार्यक्रममा देशभरबाट  पाँचसयभन्दा बढी पर्यवेक्षक  प्रतिनिधिको उपस्थिति रहेको थियो ।  दुई दिनसम्म सञ्चालित महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीलाई  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले  प्रमाण पत्र वितरण गर्नुभएको थियो । निर्वाचन अधिकृत  अधिवक्ता लोक हरि दहाल हुनुहुन्थ्यो ।   ‘कर्तव्य र अधिकारका लागि अध्यापक एकता’ मूल नाराका साथ आयोजित महाधिवेशनमा  शिक्षक विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु-याउन प्रदेशस्तरमा समेत विभिन्न रचनात्मक तथा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको संघका बागमती प्रदेश अध्यक्ष कल्पना अधिकारीले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha