शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

नयाँ पुस्ता र नेपालमा समाजशास्त्रको भविष्यबारे चर्चा

नयाँ पुस्ता र नेपालमा समाजशास्त्रको भविष्यबारे चर्चा

  • Naveen Sanchar

  • शनिबार, मंसिर ७, २०८२

  • 272
    Views
नयाँ पुस्ता र नेपालमा समाजशास्त्रको भविष्यबारे चर्चा

माधव अधिकारी
काठमाडौँ । समाजशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयको आयोजनामा नयाँ पुस्ता र नेपालमा समाजशास्त्रको भविष्य विषयक समाजशास्त्रको वार्षिक सम्मेलन त्रिवि केन्द्रीय पुस्तकालयको सभाकक्षमा सम्पन्न भएको छ ।
समारोहलाई सम्बोधन गर्नुहुँदै त्रिवि उपकूलपति प्रा.डा. दीपक अर्यालले नेपालमा समाजशास्त्रको विकास र प्रवद्र्धनमा त्रिविको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । त्रिवि समाजशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख डा. पासाङ्ग शेर्पाले नेपालको समाजशास्त्रीय चिन्तनमा नयाँ पुस्ताको सहभागिता प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा समाजशास्त्रीले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहभागीका जिज्ञासाको जवाफ दिनुभएको थियो ।  तीनवटा सत्रमा १२ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।


सोही अवसरमा विभागद्वारा प्रकाशित नेपाल जर्नल अफ सोसियोलोजीको विमोचन समेत गरिएको थियो । जर्नलबारे पूर्व विभागीय प्रमुख प्रा.डा. गणेशमान गुरुङ्गले प्रकाश पार्नुभएको थियो । समारोहमा विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका प्राचार्य प्रा. डा.अक्कल देव मिश्र, सहायक डीन डा चिरन्जिवी आचार्य, पूर्व विभागीय प्रमुख प्रा.डा. गणेशमान् गुरुङ, प्रा डा कैलाशनाथ प्याकुरेल, प्रा डा तुल्सीराम पाण्डे, नेपाल र एशियाली अध्ययन केन्द्रका निर्देशक डा. मृगेन्द्र बहादुर् कार्कीले बोल्नुभएको थियो ।   पूर्वविभागीय प्रमुख, प्राध्यापक र विद्यार्थीको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा प्रा.डा. सुरेन्द्र मिश्रले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहको सञ्चालन डा. टीकाराम गौतमले गर्नुभएको थियो ।

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha