शनिबार, माघ १८, २०८२ | January 31, 2026

साउदी अरबमा हरितालिका तिज २०८२ को अवसरमा सुनिता दुलालको उपस्थितिमा बृहत् सांस्कृतिक कार्यक्रम हुने

साउदी अरबमा हरितालिका तिज २०८२ को अवसरमा सुनिता दुलालको उपस्थितिमा बृहत् सांस्कृतिक कार्यक्रम हुने

  • देबी बहादुर सुतार कार्की मध्यपुर्व संयोजक – नवीन सन्चार

  • मङ्लबार, साउन २१, २०८२

  • 381
    Views
साउदी अरबमा हरितालिका तिज २०८२ को अवसरमा सुनिता दुलालको उपस्थितिमा बृहत् सांस्कृतिक कार्यक्रम हुने

नविन सन्चार  कतिफ, साउदी अरब

गैरआवासीय नेपाली संघ (NRNA), क्षेत्रीय समन्वय समिती – पूर्वी क्षेत्र, साउदी अरबको आयोजनामा हरितालिका तिज २०८२ को पावन अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।

उक्त कार्यक्रम २९ अगष्ट २०२५ (१३ भाद्र २०८२), शुक्रवार का दिन कतिफ, साउदी अरब मा भव्य रूपमा सम्पन्न गरिने छ। कार्यक्रम दिउँसो ११ बजेबाट सुरू भई साँझ ६ बजे सम्म सञ्चालन हुनेछ।

विशेष आकर्षणको रूपमा नेपालकै चर्चित लोकगायिका सुनिता दुलालको उपस्थितिमा सांगीतिक प्रस्तुति हुनेछ। साथै, साउदीमा क्रियाशील स्थानीय कलाकारहरूले पनि विविध सांगीतिक तथा नृत्य प्रस्तुति मार्फत तिज पर्वको उल्लास थप्नेछन्।

गैरआवासीय नेपाली संघले जारी गरेको सूचनामा भनिएको छ,

“कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउनका लागि संघका स्थानिय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीज्यूहरू, पञ्जिकृत सदस्यज्यूहरू, साउदी अरबमा क्रियाशील सामाजिक संघसंस्था, सञ्चारकर्मी, व्यवसायी, बुद्धिजीवी, बित्तीय संस्थाका प्रतिनिधिज्यूहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई गौरवमय बनाउन हार्दिक अनुरोध गर्दछौं।”

कार्यक्रममा प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क रहने जानकारी गराइएको छ।

नेपालको मौलिक संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा प्रवासी नेपाली समुदायमा आपसी भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमलाई ऐतिहासिक बनाउने लक्ष्य आयोजकले लिएका छ ।

कार्यक्रम विवरण संक्षेपमा:

 मिति: शुक्रवार, २९ अगष्ट २०२५ (१३ भाद्र २०८२)

 समय: दिउँसो ११:०० बजे देखि साँझ ६:०० बजे सम्म

 स्थान: कतिफ, साउदी अरब

 प्रवेश: निःशुल्क


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha